प्याब्सन मोरङमा बस्नेत बिजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्याब्सन मोरङमा बस्नेत बिजयी

मोरङ, २० पुस
निजी तथा आवासिय विद्यालय नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा जगत बस्नेत निर्वाचित भएका छन् । १६ औं अधिवेशनबाट निकटम प्रतिद्वन्द्वी सुरेन्द्र सुवेदीलाई १७ मत अन्तरले पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् ।

बस्नेतले १ सय १० मत प्राप्त गर्दा सुवेदीले ९३ मत प्राप्त गरेका हुन् । त्यस्तै कोषाध्यक्ष पदमा मणिराज भट्टराई र नगेन्द्र प्रसाद ढकाल विच दुबैतर्फ १०१ मत बराबरी भएपछि गोलाप्रथामा मणिराज भट्टराई विजयी घोषित भए । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मोहन बुढाथोकी, उपाध्यक्षमा विष्णु डंगोल, सचिवमा देवी सिटौला, सह सचिवमा दिपेन्द्र राई र सह कोषाध्यक्ष पदमा केदार पौडेल निर्वाचित भएका छन् । सदस्यका लागि भएको निर्वाचनबाट महेन्द्र मण्डल, नन्दलाल मण्डल, तेज बहादुर खत्री, रुद्र थापा, इन्द्र कुमार राई, हिरा बहादुर मगर र तिलक राई निर्वाचित भएका हुन् ।

निर्वाचित अध्यक्ष बस्नेत चार कार्यकाल सदस्य, दुई कार्यकाल सह कोषाध्यक्ष, एक कार्यकाल कोषाध्यक्ष र एक कार्यकाल सचिब हुँदै यस पटक अध्यक्षमा निर्वाचित भएका हुन् । “प्याब्सनमा आफ्नो लामो अनुभवलाई प्रयोग गर्दै सम्पुर्ण पुराना कार्यक्रमलाई संस्थागत गर्दै थप नयाँ कार्यक्रमहरु अन्तर्गत शिक्षक कर्मचारीको क्षमता अभिवृद्धि र विद्यालयको व्यवस्थापन सुधार” गर्ने योजना रहेको अध्यक्ष बस्नेतले बताए । उनका अनुसार विद्यार्थी संख्या, विद्यालयको वर्ग, भौगोलिक अवस्थाको आधारमा कार्यक्रमहरु थप वैज्ञानिक बनाउदै लैजाने बताए ।

शुक्रबार बिराटनगर स्थित प्याब्सन मोरङको निर्वाचन भएको हो । मोरङ प्याब्सनमा हाल २ सय १० जना सदस्य छन् । निर्वाचनमा २ सय ६ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित खवर