उपभोक्ताद्वारा १७९ क्युफिट काठ सहित ट्याक्टर नियन्त्रण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

उपभोक्ताद्वारा १७९ क्युफिट काठ सहित ट्याक्टर नियन्त्रण

मोरङ, १५ मोरङ
मोरङको बेलबारीमा उपभोक्ताद्वारा काठ नियन्त्रण लिएर सेक्टर वन कार्यालय बेलबारीमा बुझाएका छन् । स्थानीय उपभोक्ताले नियन्त्रणमा लिएको १७९ क्युफिट काठसहित ट्याक्टरमा लोड गर्दै गरेकाे अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएर सेक्टर वन कार्यालयलाई बुझाएको हो ।

बेलबारी १० मा रहेको सृजना सामुदायिक वन उपभोक्ता समूहबाट कटानका लागि भन्दै बेलबारी नगरपालिका– ८ मा रहेको देवी काष्ट उद्योगमा लगिएकाे काठ अन्यन्त्र लैजाने तयारी गर्दैगर्दा सेक्टर वन कार्यालयकाे टाेलीले नियन्त्रणमा लिएकाे हाे ।

सामुदायिक वनबाट उपभोक्ताले खरिद गरेकाे काठ  वनमा सूचीकृत भएको बाहेक अन्यन्त्रको काठ मिलमा लैजान मिल्दैन । साेमबार बेलबारीबाट बाहुनी लैजाने तयारी गरेपछि स्थानीयले विराेध गरेका थिए । सोधीखोजी गर्दा बाहिर बिक्री गरेकाे देखिएपछि सेक्टर वनकाे टाेलीलाई खबर गरेका थिए ।

वनले नियन्त्रणमा लिएकाे काठका विषयमा अनुसन्धान भइरहेकाे सेक्टर वन कार्यालय बेलबारीका प्रमुख दिपेश मिश्रले जानकारी दिए ।

उपभाेक्ता समितिले शोभा भुर्तेल र लोकबहादुर लिम्बूको नाममा काठ बिक्री गरेकाे थियाे । उपभोक्ता समिति र काठ व्यावसायी मिलेर काठ तस्करी गर्न खोजिएको स्थानीयको दाबी छ ।

वन उपभोक्ता समिति अध्यक्ष देउमान लिम्बुले उपभोक्तालाई बिक्री  भएकाे काठ अन्यन्त्र लैजादै गर्दा वनकाे टाेलीले  समातेकाे बताए । उनका अनुसार उपभोक्ताले वनबाट सस्तोमा काठ पाउने भएका कारण उपभोक्ताले खरिद गरेर बाहिर बिक्री गर्ने सम्भावना रहन्छ । काठ निकासीमा समितिको मिलेमताे नभएकाे उनकाे दाबी छ ।

सम्बन्धित खवर