गोपाल काफ्ले / पथरी, १५ पुष
मोरङको पथरी शनिश्चरे नगरपालिकाले प्राईभेट नम्वर प्लेट लगाएर प्रयोग गर्दै आएको सरकारी गाडीलाई सरकारी नम्वर प्लेट लगाएको छ । साइनोखवरले सरकारी गाडीमा प्राईभेट नम्वर प्लेट प्रयोग गरि दुरुपयोग गरेको विषयमा पटक पटक समाचार लेखे पछि सरकारी नम्वर प्लेट लगाएको हो ।

पथरी शनिश्चरे नगरले खरिद गरेको विद्युतिय गाडीमा प्रम्ख प्रसासकृय अधिकृत शशि राईले प्राईभेट नम्वर प्लेट बा. प्र. ०१-०३० च ४४९९ नम्वरको प्राईभेट प्लेट लगाएर प्रयोग गर्दै आएका थिए । उत्त गाडिमा प्रेदेश १-०२/००१ झ ०८४१ नम्वरको सरकारी प्लेट लगाएको छ ।
उत्त नगरले खरिद गरेको गाडी प्राईभेट नम्वर प्लेट लगाई पुस ६ गते शनिवार उर्लाबारी २ स्थित बासेचौरीको पिक्नक स्पोटमा भेटिएको थियो । दैनिक उत्त गाडी प्राईभेट नम्वर प्रयोग गरि हिड्ने गरेको स्थानीय बताए पछि साइनोखवरले समाचार प्रकासन गरेकाे थियाे ।
प्राईभेट नम्वर प्लेट लगाई प्रयाेग गरेको विषयमा गलत रहेको जिल्ला प्रसासन कार्यलय मोरङले बताएको थियो । जिल्ला प्रमुख प्रेम प्रसाद भट्टराईले सरकारी गाडी प्रइभेट नम्बर प्लेट लगाउनु गलत रहेको बताउनु भएको हो । सुरुमा किन्दा प्रईभेट हुन्छ तर सरकारी नम्वर नराखी कुदाउन नपाउने उहाँले बताउनु भयो । यदि कुदाउनै परे गृहमन्त्रालयको स्वकृती लिनु पर्ने भट्टराईले बताउनु भयो । विदा र शनिवार पिक्नीको र प्रइभेट नम्बर प्लेट लगाएका कारण जिल्ला प्रमुख भट्टराईले कावाही गर्ने र गाडी जिल्लामा तान्ने बताए पछि हतार हता सरकारी प्लेट लगाइएको थियो ।
यता प्रमुख प्रसासकिय अधिकृत शशि राई भने उत्त गाडी नगरको हैन सङ्गम भन्नु भयो । तर प्रमुख प्रसासकिय राईले नगर भित्र चार्ज स्टेशन बनाएर प्रयोग गदै आउनु भएको थियो । प्रमुख जिल्ला अधिकारीले त पाउदैन भन्नु भयोनी भन्दा उहाँले भनेर हुन्हुछ भन्दै प्रश्न तेस्र्याउनु भएको थियो । उहाँले भन्नु भयो सरकारी गाडीमा प्रइभेट नम्बर प्लेट लगाउन पनि पाइने र नगर भित्रै भएका कार्यक्रममा विदाले नछेक्ने । राईले नपाउने हो भने जिल्ला प्रमुख भट्टराईले रोके भैगयोनी भनि आक्रोस ब्यात्त गर्नु भयो । ११ गते बसेको कार्यपालिका बैठकमा चर्को दवाब आएपछी भोली पल्टै सेतो नम्वर प्लेटमा परिणत भएको हो ।
सरकारी कार्यलयमा हुने फजुल इन्धन खर्च कटैती गर्न नगरले ५६ लाख ९० हजारमा Atto 3 (BYD) गाडी खरिद गरेको थियो ।
















