रबिन्द्र बराल / पुस १३ शनिबार
मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा गत चैत्र ३ गते भएको आगलागी पिडितहरुकJ घर निर्माणकार्य अहिलेसम्म पनि सम्पन्न हुन सकेको छैन । घर निर्माणकार्यका लागि संघीय सरकारबाट ३ लाख ५५ हजार, प्रदेशबाट ३० प्रतिशत र स्थानीय स्तरबाट १५ प्रतिशत रकम छुटाएको थियो । उत्त परिवारका घर निर्माणकार्यका लागि देश बिदेशबाट समेत सहयोग रकम सङ्कलन भएको थियो । तर हाल सम्म ८० प्रतिशत मात्रै सम्पन्न भए पनि बाँकी काम भने कछुवाको गतिमा रहेको छ ।

घर निर्माणमा हेमिडेन्स संस्था, लुथरन समाज लगायत अन्य संघ संस्थाले प्रति घर ६ लाख ५५ हजार रुपैयाँका दरले घरको दुई वटा कोठा एउटा किचन, टुवेल, शौचालय निर्माण कार्य भईरहेको छ । आग्नि पिडित परिवारलाई असोज महिना भित्रमा नयाँ घरमा प्रवेश गराउने रंगेली नगरपालिका मेयर दिलिप बगडियाले प्रतिबद्धता समेत गरेका थिए । तर हालसम्म पनि घरको काम सुस्त गतिमा भईरहेकोले जाडो याममा परिरवारका सदस्यहरु चिसो भुईमा सुत्न बाध्य रहेको अन्निपिडित सुक्देव मुर्मुले बताए ।

सहयोगी दाताहरुले दिएको ओड्ने ओछ्याउने सुत्दै आएको तर प्रदेश सरकार र स्थानीय सरकारले हामीहरुको घर निर्माणकार्यमा ढिला सुस्ति गरेकाले चाडै सकिदिन आग्रह समेत गरेका छन । अहिले उक्त स्थानमा २२ घर निर्माणकार्य भईरहेको र अधिकान्सको घरको छानोको काम सम्पन्न भएता पनि शौचालय र भान्साकोठाको काम भने हुन बाँकीनै रहेको छ । पिडितका अनुसार अहिले ठेक्केदार सात दिनमा एकदिन मात्रै काम गर्न आउने गरेको र बाँकी दिनमा कहिले निर्माण सामाग्री नभएको भन्दै काममा नआउने गरेको उनिहरुले बताए ।
सो परिवारका महिलाहरुलाई बिषशे गरेर शौचालय जान र नुहाउन समस्या पर्ने गरेको रैमती मुर्मुले बताईन । शौचालयमा पालो पर्खिनुपर्ने र शौचालयको ढोका समेत राम्रो नभएको हुनाले समस्या पर्ने गरेको मुर्मुले बताईन । यता रंगेली नगरपालिका प्रशाशकिय अधिकृत ओमकार न्यौपानेले भने अग्निपिडितको घर निर्माणकार्य धमाधम भईरहेको र अबको केही साता भित्र सम्पुर्ण घरको काम सम्पन्न हुने बताए ।
















