सरकारी गाडीको दुरुपयोग, प्राईभेट नम्वर प्लेट लगाई पिक्निक - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सरकारी गाडीको दुरुपयोग, प्राईभेट नम्वर प्लेट लगाई पिक्निक

गोपाल काफ्ले/पथरी, ११ पुष
मोरङको पथरी शनिश्चरे नगरपालिकाले भर्खरै खरिद गरेको सरकारी विद्युतिय गाडीमा प्राईभेट नम्वर प्लेट प्रयोग गरी चलाउने गरेको छ । नगरले ५६ लाख ९० हजारमा खरिद गरेको Atto 3 (BYD) गाडी मंसिर १४ गते नगर भित्रिएको थियो ।
केहि समय नम्वर प्लेट बेगर कुदेको गाडीमा प्रमुख प्रसासकिय अधिकृत शशि राई प्रइभेट नम्वर प्लेट प्रयोग गरि पिक्नीकमा जान थालेको भेटिएको हो । पुस ६ गते शनिवार नगरले खरिद गरेको उत्त गाडीमा बाग्मतीको बा. प्र.०१–०३० च ४४९९ नं. प्रयोग गरि उर्लाबारी २ स्थित बासेचौरीको पिक्नक स्पोटमा भेटिएको थियो । दैनिक उत्त गाडी प्राईभेट नम्वर प्रयोग गरि हिड्ने गतेको स्थानीय बताउछन ।
जिल्ला प्रसासन कार्यलय मोरङले भने उत्त कार्य गलत रहेको बताएको छ । जिल्ला प्रमुख प्रेम प्रसाद भट्टराईले सरकारी गाडी प्रइभेट नम्बर प्लेट लगाउनु गलत रहेको बताउनु भएको हो । सुरुमा किन्दा प्रईभेट हुन्छ तर सरकारी नम्वर नराखी कुदाउन नपाउने उहाँले बताउनु भयो । यदि कुदाउनै परे गृहमन्त्रालयको स्वकृती लिनु पर्ने भट्टराईले बताउनु भयो । विदा र शनिवार पिक्नीको र प्रइभेट नम्बर प्लेट लगाएका कारण जिल्ला प्रमुख भट्टराईले कावाही गर्ने र गाडी जिल्लामा तान्ने बताउनु भयो ।
गाडीले प्रइभेट नम्बर प्लेट लगाको र पिक्नीक जादा आफुलाई जानकारी नदिएको हामीलाई जानकारी नदिई नगरकी उपप्रमुख देविमाया काफ्लेले बताउनु भयो । शनिवार विदाका दिन कुदाउन नहुने कुदाउनै परे नगरको कामले जानकारी गरेर मात्रै कुदाउनु पर्ने उपप्रमुखले बताउनु भयो ।
यता प्रमुख प्रसासकिय अधिकृत शशि राई भने जिल्ला प्रमुख भट्टराई र उपप्रमुखले भनेर हुन्छ भन्दै प्रश्न तेस्र्याउनु भएको छ । उहाँले भन्नु भयो सरकारी गाडीमा प्रइभेट नम्बर प्लेट लगाउन पनि पाइने र नगर भित्रै भएका कार्यक्रममा विदाले नछेक्ने बताउनु भयो । राईको कुरा प्रश्ट हुन्छ सरकारी गाडीमा प्रइभेट नम्बर प्लेट लगाउने र पिक्नीकमा प्रयोग गर्ने कार्य प्रमुख प्रसासकिय अधिकृत राईकै निदेर्शनमा रहेको हो भन्ने । राईले नपाउने हो भने जिल्ला प्रमुख भट्टराई र उपप्रमुखले रोके भैगयोनी भनि आक्रोस ब्यात्त गर्नु भयो । प्रमुख प्रसासकिय राईले नगर भित्र चार्ज स्टेशन समेत तयार भएको अवस्थामा गाडीनै नगर हैन भन्ने अभिब्याक्ती दिनु भएको छ ।
नगरले गएको नगर सभाबाट सरकारी कार्यलयमा हुने फजुल इन्धन खर्च कटैती गर्ने उदेश्यल विद्युतिय गाडी किनेको निर्णय गरेको थियो । नगरले २०८१ असोज ८ गते गाडि खरिदका लागि सार्वजनीक सुचना निकालेको थियो । नगरले विना प्रतिस्पदा बेगरै मंसिर १४ गते गाडी नगरमा ल्याएको हो । नगरले संचारकर्मीलाई दिएको कागजातका आधारमा प्रतिस्पर्धालाइ खुम्चाई खरिद प्रकृयामा प्रतिस्पर्धा गराएको देखिदैन । अनि लिनुपर्ने छुट र सुविधा नलिइ खरिद भएको देखिन्छ । यदि खुल्ला प्रतिस्पर्दा गरेको भए छुट र सुविधा नगरले पाउने र केहि बचत हुने देखिन्छ ।
केहि समय अगाडी २ लाखको नमुना घर बनाए र आलोचित भएको नगरमा कर्मचारीको हस्तक्षेपले वडाध्यक्ष देखि पुर्व वडाध्यक्ष सम्म आजित छन । पथरी शनिश्चरे वडा नं. ४ का वडाध्यक्ष लोक किरण न्यौपानेले सार्वजनीक कार्यक्रमै नगरमा कर्मचारीका कारणले बेथिती बढेको र कर्मचारी नगर फनफनी घुमाएको बताउदै आएका छन ।
यता पुर्व वडाध्यक्ष बाबुराम एङ्देनले ५ बर्ष जनताको म्यान्डेट पाएर आएका जनप्रतिनिधी कर्मचारीको ईसारामा चलेका कारण नगरमा ब्याथिती बढेको बताउनु हुन्छ । अहिलेका जनप्रतिनिधीलाई आफ्नो काम, कर्तब्य र जिम्मेवारी थाहै नभएकाले कर्मचारीको ईसारामा चल्नु परेको बताउनु भयो ।

सम्बन्धित खवर