साइनो समाचारदाता/पथरी, १ पुष
मोरङको रंगेली नगरपालिका ७ मा इसान्त फार्मेसी संचालन गदै आएका संजय कुमार मण्डललाई प्रतिबन्धित लागू औषधी सहित इलाका प्रहरी कार्यलय रंगेलीले पक्राउ परेको छ । फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री बितरण भइरहको विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोली र ईलाका प्रहरी कार्यलयका रंगेलीले पक्राउ गरेको हो ।

इसान्त फार्मेसीका छापा मार्दा प्रतिबन्धित लागू औषध TRAMADOL पाँच हजार तिन सय क्याप्सुल, SPASPAIN दुई हजार ट्याबलेट र Diyse-20 तेह्र हजार छ सय ट्याबलेट फेला परेको प्रहरीले बताएको छ । २१ बर्षिय संजय कुमार मण्डल रंगेली ७ मा फार्मेसी संचालन गर्दै आएका थिए। फार्मेसीबाट खानतलासी गर्दा कुमार मण्डललाई इलाका प्रहरी कार्यलय रंगेलीको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक सन्तोष कुमार खड्काले जानकारी दिनु भयो ।
















