साइनो समाचारदाता/पथरी, १ पुष
मोरङको रंगेली नगरपालिकामा साढे ९ करोड लगानीमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको शिलान्यास भएको छ । रंगेली–८ स्थित दर्वेशा निर्माण हुने उत्त केन्द्रको जिल्ला समन्वय समिति मोरङका उपप्रमुख उषा झा ठाकुर, रंगेली नगरपालिकाका नगरप्रमुख दलिप बगडीया, सुनवर्षी नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद राजवंशी, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदार, कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्नामले संयुत्त शिलन्यास गर्नु भएको छ ।

सो अत्यावश्यक सेवा केन्द्रको शिलन्यास गदै केन्द्रमा जनशक्ति, उपकरण र विपद व्यवस्थापनका लागि आवश्यक सवै स्रोत साधान उपलब्ध रहने जिल्ला समन्वय समिति मोरङका उपप्रमुख उषा झा ठाकुरले बताउनु भयो । रंगेली र सुनवर्षी नगरपालिका र धनपालथान, कानेपोखरी गाउँपालिकालाई लक्षित गरि निर्माण हुने केन्द्रले विपद व्यवस्थापनका लागि एकिकृत रुपमा संचालन हुने रंगेली नगरपालिकाकी उपप्रमुख भुमा पराजुलीले बताउनु भयो ।

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश सरकारले करिब १ वर्ष अघिमा त्रिपक्षीय सम्झौता गरेको थियो । रंगेली नगरपालिकाले दुई लाख २५ हजार रुपैयाँ प्रति कठ्ठाको दरले दर्वेशामा १२ कठ्ठा जग्गा खरिद गरिएको हो । रंगेली नगरपालिकाले २०७९ साल असार ६ गते सेवा केन्द्र निर्माण गर्न निःशुल्क जग्गा प्राप्तीका लागि १५ दिने सार्बजनिक सुचना प्रकाशित गरेको थियो ।
प्रदेश सहयोग कार्यक्रम २ करोड, कोशी प्रदेश सरकारको आन्तरिक तथा कानुन मन्त्रालयको ६ करोड २५ लाख २९ हजार र चारवटै पालिकाले १ करोड ८५ लाख रुपैयाँको लगानीमा निर्माण हुने भएको छ। सेवा केन्द्र १ वर्ष भित्र सम्पन्न गर्ने गरि ब्राइट बुल निर्माण सेवाले ठेक्का पाएको छ ।
















