पथरी, १९ मंसिर
मोरङको पथरी शनिश्चरे नगरपालीकामा नगर प्रहरी भर्तीमा पदपुर्ती समिति माथी चलखेल गरेको आरोप आएको छ । नगरले लिएको पहिलो चरणको परिक्षामा फेल भएकी उमेदवारलाई नगर प्रहरीमा छनोट गरेको भेटिएको हो । पटक पटक फेल भएकी एक उमेद्वारलाई ३ पटक सम्म मौका दिएर पास गराएको अन्य उमेदवारको आरोप छ ।

नगरले पहिलो चरणको “शारिरिक तन्दुरुस्ती परिक्षा तथा वेरिङ जाँच” परिक्षामा असफल उमेद्वारलाई लिखित हुदै अन्तर्वाता परिक्षामा सामेल गरि सफल उमेद्वार घोषणा गरेको छ । सबै चरणको परिक्षा सकिए संगै नतिजा प्रकासन भए पछि सफल भएकी उमेद्वार “वेरिङ जाँच” मा असफल भएको भिडियो बाहिरिएको हो ।
नगर जस्तो जिम्मेवार संस्थाले गरेको यत्रो परिक्षामा कम्जोरि देखिएको छ । नगरले प्रविधी युगमा पनि परिक्षा लिदा पछि आउने यस्ता समस्यामा प्रमाण नराखेका कारण निस्पक्ष भए पनि शंका देखिएको छ । खुल्ला मैदानमा भएको उक्ता वेरिङ जाँच पासमा नगरले भिडियो नराखे पनि पब्लिकले खिचेको भिडियो निश्पक्षीय नभएको भन्दै हामीलाई उपलब्ध गराएका थिए ।
नगरले २०८१ भाद्र २१ मा नगर प्रहरी साहायक निरिक्षक १, नगर प्रहरी जवान २ र महिला नगर प्रहरी १ गरी जम्मा ४ पदमा विज्ञापन खुलाएको थियो । नगरका प्रमुख प्रसासकीय अधिकृत शशी राई आफै संयोजक रहेको पदपुर्ती समितिले परिक्षामा ठुलो लापर्वाही गरेको भिडियो प्राप्त भएको हो । यता सबै चरणको परिक्षामा सफल भएकी उमेद्वार भने बैकल्पीकमा परेकी छन् ।
पदपुर्ती समितिको संयोजक प्रमुख प्रसासकीय अधिकृत शशी राईले परिक्षा निश्पक्ष र स्वच्छ प्रतिस्पर्दाबाट भएको बताए पनि बाहिरिएको भिडियो हेर्दै उत्त वेरिङ जाँच पास छनोट प्रकृया भने इलाका प्रहरी कार्यलय पथरीलाई जिम्मा दिएको बताउदै पन्छिएका छन । प्रमुख प्रसासकीय अधिकृत राईले प्रहरीले दिएको नतिजाको आधारमा प्रकृया अघि बढाईएको बताउदै वेरिङ जाँच पासको जवाफदेहिता प्रहरी हुनु पर्ने बताए ।
यता इलाका प्रहरी कार्यलयबाट जिम्मेवारी पाएका इलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले भने ३ पटक सम्म मौका दिएको बताएका छन । एक्तेनले ३ पटक पाएको मौकामा सफल भएको तर यता भिडियो भने दुई पटकको मात्र आएको बताए । अर्को पटक गरेकोमा उक्त उम्मेदवार पास भएको हो यस्मा प्रहरीले कुनै पनि पक्षपात नगरेको प्रहरी निरिक्षक एक्तेनको भनाई छ ।
बाहिरीएको भिडियोमा सफल भएकी उम्मेदवारले वेरिङ जाँच पासमा फेल भएको प्रष्ट देखिन्छ । भिडियोमा असफल भएको प्रष्ट देखी देखी सफल बनाए पछि पदपुर्ती समिति माथी शंका थपिएको छ । परिक्षामा सामेल परिक्ष्याथी र बाहिरी अवलोकन गर्नेहरुले समेत बैकल्पिकमा नाम आएकी नै सबै परिक्षामा उतिर्ण भएकी बताउदै आएका छन ।
नगरको पदपुर्ती समितिले मंसिर ८ देखि १४ गते सम्म विभिन्न पदका उमेदवारको परिक्षा लिएको थियो । तर परिक्षा हुदा रेकड गरिएको भिडियो हेर्दा सफल उमेदवार असफल भएको देखिएको छ । उत्त भिडियो बाहिरिए संगै अन्य उमेद्वारले आवाज उठाएका छन भने पदपुर्ती समिति माथि आर्थिक चलखेल भएको हुन सक्ने शंका उब्जिएको छ । सबै प्रकृयामा सफल हुदै आए पनि नगरले फेल भएको ब्यात्तीलाई छनोट गरेको अन्य उमेदवारले बताएका छन ।
अन्य उमेदवारको साइनोखवर डटकमलाई दिएको सुचना भिडियो हेर्दा समेत प्रतिस्पर्दी उमेदवारहरुले लगाएको आरोप सहि देखिन्छ । अन्य उमेदवारले भिडियोको आधारमा महिला नगर प्रहरीमा पदपुर्ती समितिले चलखेल गरेको आरोप लगाएका छन । नगरलाई के त्यस्तो बाध्यता आईलागेछ र पटक पटक मैका दिदा पनी सहि मापदण्डमा पास हनुनेलाई पास गर्नु पर्यो भन्दै चौतर्फी आलोचना भएको छ ।
















