सामुदायीक विद्यालयले सर्टिफिकेटको नाममा मनपरी रकम उठाउदै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सामुदायीक विद्यालयले सर्टिफिकेटको नाममा मनपरी रकम उठाउदै

पथरी शनिश्चरेका सामुदायीक विद्यालयले चारित्रीक प्रमाण पत्रको नाममा मनपरी रकम उठाउने गरेको पाईएको छ । कक्षा १०, SLC, SEE र १२ पास गरेका विद्यार्थीहरुबाट विद्यालयले मनपरी फि उठाउने गरेको  विद्यार्थीहरुले गुनासो गरेका छन ।

पथरी शनिश्चरे नगर भित्रका सामुदायीक विद्यालयबाट SEE पास नर्ने विद्यार्थीले चारित्रीक प्रमाण पत्र लिदा सिंहबाहिनी मा वि पथरी शनिश्चरे ९ मा तिन हजार (३०००), अमरसिंह मा वि पथरी शनिश्चरे ५ मा दुईहजार (२०००), चन्द्रकिरातेश्वर मा वि पथरी शनिश्चरे ७ मा पन्द्र सय (१५००), बुद्ध मा वि पथरी शनिश्चरे ८ मा पन्द्र सय (१५००), भागिरथ मा वि पथरी शनिश्चरे ४ मा पन्द्र सय (१५००), पञ्चायत मा वि पथरी शनिश्चरे १ मा एक हजार (१०००) र जनता मा वि पथरी शनिश्चरे ३ मा एक हजार (१०००) लिने गरेको पाईएको छ । नगर भित्रका सामुदायीक विद्यालयले मन परि फि उठाउनुले नगरले नगर भित्रका सामुदायीक विद्यालयमा फि मा एकरुपता ल्याउन नसकेको प्रष्ट पार्दछ ।

२०८१ सालको SEE पास विद्यार्थीहरुले प्लस टु पढ्न अन्य विद्यालय जादा वा सोहि विद्यालयमा पढ्दा चारित्रीक प्रमाण पत्र बुझाउनु पर्छ । चारित्रीक प्रमाण पत्र लिदा विद्यालयले सो बापत अनिवार्य रकम लिने गरेको हुन्छ । सामुदायी विद्यालय पिछ्छे फरक फरक रकम लिएको थाहा पाए पछि विद्यार्थीले गुनासो गर्न थालेका छन ।

एक विद्यार्थीले शंक्षिक संस्था र नाम नबताउने सर्तमा भने चारित्रीक प्रमाण पत्र नभै एडमिसन हुदैन, मह‌ंगो भयो भनेर आवाज उठाउदा चारित्रीक प्रमाण पत्र नपाईने र सरहरुले ब्यावस्थापन समिति र प्रिन्सिपललाई देखाउने गरेको बताए । नगर भित्रका सामुदायीक विद्यालयमा समेत फिमा एक रुपता नभएको भन्दै आवाज उठाउन थालेका छन । विद्यालयले एक विद्यार्थी बापत राज्यलाई एस ई ई मार्कसिट र सर्टिफिकेटको दुई सय पचास (२५०) रुपयाँ भौचर काटि राज्यलाई बुझाउनु पर्छ । यता स्कुलले थप चारित्रीक प्रमाण पत्र दिने र थप रकम लिई स्कुलको आम्दानीमा बाध्ने गरेको विद्यालयका प्रअहरुले बताउदै आएका छन ।

यता पथरी शनिश्चरे शिक्षा शाखा प्रमुख नविन खुलाल बुढाथोकी सामुदायी विद्यालयले चारित्रीक प्रमाण पत्रको नाममा उठाउदै आएको फि धेरै भएको बताउनु भयो । उत्त फि विद्यालय ब्यावस्थापन समितिले नै निर्धारण गर्ने भएकाले बाहिर आएको गुनासोलाई मध्यनजर गर्दै शिक्षा शाखाले सुधार गर्न मैखिक निर्देशन दिएको बताउनु भयो । निर्णय अनुसार चारित्रीक प्रमाण पत्रको फि नसुधारे विद्यालयलाई कार्वाही प्रकृया अघि बढ्ने बताउनु भयो ।

सम्बन्धित खवर