गोपाल काफ्ले/पथरी, २३ कार्तिक
नेपाली महिला फुटबलकी राष्ट्रीय खेलाडी सरु लिम्बुलाई गृह नगरमा रहेको पथरी ११ फुटबल क्लबले सम्मान गरेको छ । पथरी ११ फुटबल क्लबले एक औपचारीक कार्यक्रमका विच लिम्बुलाई सम्मान गरेको छ । राष्ट्रीय खेलाडी लिम्बुलाई क्लबका अध्यक्ष सुमन बिक र सचिव केशर राईले नगद २५ हजार सहित सम्मान पत्र र दौसल्ला औढाएर सम्मान गर्नु भएको छ ।

सम्मान कार्यक्रममा भाबुक हुदै लिम्बुले नौ बर्षे फुटवल जिवनमा गृहनगरका दाजु भाइ र कल्वले दिएको हौसलाले आउने दिनमा नेपाललाई ट्रफि दिलाउ अझ बढि मेहेनत गर्ने बताईन । गएको साफ च्याम्पेन्सिपमा नेपाललाई ट्रफि दिलाउने अवसर पाए पनि सफल हुन नसक्दा दुखी भएको बताईन ।
सम्मान कार्यक्रममा बोल्दै पथरी ११ फुटवल क्लवका अध्यक्ष सुमन विकले लिम्बुले महिला फुटवलका माध्यबाट पथरी शनिश्चरे हुदै नेपालको नाम विश्वमा चिनाउन सफल भएको बताउदै नेपाली खेलाडीलाई सबै तहबाट हौसला बढाउन लाग्नु पर्ने बताउनु भयो । महिला साफ च्याम्पेन्सिपमा नेपाललाई फाईनल पुर्याउन महत्वपूर्ण भुमीका खेलेकी मिडफिल्डर सरुको उच्च मुल्याङकन र कदर गर्दै पथरी ११ फुटवल क्लवले सम्मान गरेको छ ।
पथरीशनिश्चरे नगरकी स्थाई बासिन्दा लिम्बु नेपाली महिला टोलीकि मिडफिल्डर हुन । लिम्बु लामो समय घुडाको चोटका कारण मैदान बाहिर रहेकी थिन । साफ च्याम्पेन्सिपमा नेपाली टिममा कम्ब्याक भएकी लिम्बुले पथरी शनिश्चरे ७ मा रहेको न्यू स्टार फुटवल क्लवबाट फुटवल खेल्न सुरु गरेकी हुन । हाल उनि विभागिय टोली एपिएफ क्लवमा आवद्ध भै ब्यावसायीक फुटवल खेल्दै आएकी छन ।

















