‘दर्शकका रेफ्रि’ श्याम दनुवार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

‘दर्शकका रेफ्रि’ श्याम दनुवार

अर्जुन काफ्ले/गोपाल काफ्ले पथरी, ६ कार्तिक
जब उनी सिट्टी फुक्दै मैदानमा उत्रिन्छन खेल हेर्न आएका दर्शक परर ताली पिटछन् । उनले संन्चालन गर्ने हरेक म्याचमा दर्शकको बेग्लै ‘क्रेज’ छ । फिफा रेफ्रि श्याम दनुवारलाई धेरै दर्शकले ‘दर्शकका रेफ्रि’ उपनामले समेत चिन्ने गरेका छन् । पुर्वका खेल मैदानमा जब दनुवारको ईन्ट्री हुन्छ तर दर्शक खुसी मात्र हुने हैन खेलाडी समेत अनुसासीत भएर खेल्न बाध्य हुने गर्छन ।

श्याम दनुवार खेल र खेलाडीका लागि कडा नियम लागु गर्ने रेफ्रि भए पनी मैदानमा खेलाडीको पिडा बुझ्ने र खेलाडीलाई माया गर्ने उनको ब्यवहारले दशर्कको मन जितेको छ । श्याम मैदानमा उत्रिदा जस्तो ‘क्रेज’ छ उनको सफलतामा त्यतीकै कडा मेहनत र लगशिलता छ । त्यसमा पनी सुरुवातमा मार्सल आर्टका खेलाडी दनुवारको समय संगै शोख मात्र परिर्वतन भएन उनको खेल जिवनले नै कोल्टे फेर्यो ।

मान्छेले चाहना आफ्नो पृष्ठभूमि अनुसार फरक हुन्छ । फुटवल सिक्दा सिक्दै मार्सल आर्टबाट केरियर सुरु गरि फेरि फुटवल खेलाडी हुदै सफल फिफा रेफ्रि हुनु र दर्शकको माया पाउनु सानो कुरा हैन । एउटा खेलाडी र फुटबलरको चाहना फुटवलर कै रुपमा विश्राम लिने वा फुटबलकै अन्य क्षेत्रमा रम्ने हुन्छ । केहि पुर्व फुटवल खेलाडीहरु प्राय प्रशिक्षक वा व्यावस्थापक वनेका छन् थोरैले मात्र रेफ्रि रोजेका छन ।

खेलाडीका असीमित चाहना हुन्छ ति कति पूरा हुन्छन, कति पूरा हुदैन्न । तर झापाका श्याम दनुवारको खेल जिवन भने रोचक छ । सामान्य पृष्ठभूमि हुर्कीएका श्यामले निरन्तरको प्रयास पछि आफ्ना चाहनाहरु एक पछि अर्को पुरा गर्दै आएका छन । यही तथ्यले नेपाली फुटबलका लागि उनी कति महत्वपूर्ण छन, उनको योगदान कति छ थाहा हुन्छ । यहि तथ्यले के पनि प्रमाणित गर्छ भने उनले यति धेरै लामो समय नेपाली फुटबलमा रहन कडा मिहिनेत गर्ने पुर्वकै सबै भन्दा अनुभवी रेफ्रि हुन ।

झापाको विर्तामोड शनिश्चरे र अर्जुनधारामा खेलकुदको क्रेज थियो । झापाको अर्जुनधाराका दनुवार त्यही खेलकुदको माहोलमा हुर्कीएका थिए । दनुवारको घर छेउमा रहेको शनिश्चरे डोजोमा कराते सिक्न साइकल चडेरै वुधवारेवाट खेलाडी आउने गर्थे । घर नजिकैको प्रशिक्षण स्थलमा दनुवारलाई कराते खेल्न र सिक्न समय लागेन । स्कुले साथीहरु संग सिकेको फुटवलको सिपलाई समेत करातेको अभ्यासले थप मजवुद वनायो । कराते वेलुका सिकेर विहानको समयमा फुटवलको प्रशिक्षण नियममित जस्तै थियो उनको ।

झापाको अर्जुनधाराका दनुवार अहिले झापाका पहिलो फिफा रेफ्रिका रुपमा रहेका छन् । काठमाडौ कर्म क्षेत्र झापा घर तर पनि उनी झापा र काठमाडौलाई पानी पधेरो बनाएर काम गरिरहेका छन् । कुनै बेला झापा मोरङ्गमा फुटबल रेफ्रिका रुपमा चर्चा कमाएका दनुवारलाई आजभोली काठमाडौका मैदानमा अन्तराष्ट्रिय प्रतियोगिता संन्चालन गरिरहेको भेटिन्छन् । खेल क्षेत्र वाटै ससस्त्र प्रहरीको जागीरे बनेका उनमा फुटबल प्रतिको क्रेज कति थियो भने हुदा खादाको जागीर छोडेर उनी फुटबलको ए डिभिजन लिग खेल्न पुगे ।

करातेका खेलाडी त्यो पनि कराते वाटै ससस्त्र प्रहरीमा जागीरे बनेका उनले फुटवलमा क्यारीयर वनाउने सपना देख्न थाले । आफै संगका साथीको हौसलाले होला ससस्त्र प्रहरीको जागीर छोडेर मछिन्द्रा फुटवल क्लवमा आवद्ध भएका उनको खेल जिवन भने त्यति सुखद वन्न सकेन् । उनको जुन पोजिसन थियो त्यो पोजिसनमा अरु २,३ खेलाडी भएपछि लिगमा उनको उपस्थीती प्राय वेन्चमा हुन्थ्यो । त्यस माथी आर्मीको लागी उत्रिएका उनी खुट्टाको चोट बोक्न पुगे ।

एक सिजन मछिन्द्रामा विताएका उनी त्यस पछि झापा नै फर्किए । नियमित लिग सन्चालन नहुदा प्राय धेरै खेलाडी फुर्सद थिए । उनी पनि त्यसमा अपवाद वन्न सकेनन् । २०६८ सालमा झापामै रेफ्रि वन्न चाहनेका लागी तालिम आयोजना हुने भयो । सक्रिय खेल जिवन वाट विश्राम लिएर मैदानमा खेलाडीका जज वन्ने निर्णयमा पुगे उनी । त्यस पछि उनी अहिले मैदानमा कहिले सिट्टी फुक्दै हुन्छन त कहिले फोर्थ अफिसियलका रुपमा खेलको सम्पुर्ण विवरण तयार गरिरहेका भेटिन्छन् । कहिले झण्डा वोकेर वोर्डरलाइन वरीपरि कुदीरहेको भेटिन्छन् ।

निरन्तरको मेहनत र परिश्रमले २०२३ वाट भने दनुवारले अन्तराष्ट्रिय फुटवल म्याच खेलाउने लाइसेन्स अर्थात फिफा रेफ्रिको व्याच पहिरिन पुगेका छन् । यो उनको जिवनको सवै भन्दा ठुलो सपना थियो । ‘मेरो सपना विस्तारै पुरा हुदै थियो त्यो दिन मेरो जिवनकै सवै भन्दा महत्वपुर्ण दिन थियो’ उनले भने ‘यहि दिनका लागी मैले मेरा धेरै कुरा गुमाएको थिए’ ।

अहिले पनि उनको मेहनत कम छैन । मोफसलवाट फुटवलको फिटनेस गर्न होस वा कुनै परिक्षा दिन उनी झापावाट मोटरसाइकलमै काठमाडौ पुग्छन् । अहिले त काठमाडौमा एन्फाले उपलव्ध गराएको कोठा छ । पहिला त साथीहरुकैमा वसेर गुजारा गर्नू पथ्र्यो । रेफ्रि भएपछि दाम कमाउन नसके पनि दर्शकको मायामा उनी सन्तुष्ट छन् । रेफ्रि नभएको भए अहिले कुनै विदेशी मुलुकमा श्रम गरिरहेको हुन्थे कि तर जुन कुरामा आफु लागीन्छ त्यसमा अठोट गरेर लागे पक्कै एक दिन सफलता प्राप्त हुन्छ भन्ने मान्यता उनमा छ ।

फुटवल खेल्न थालेको २ दशक पछि श्यामले फिफा रेफ्रिको स्थान हासिल गरेका हुन । फिफा रेफ्रिको व्याच पाउदा उनीलाई थप जिम्वेवारी वडेको छ । हिजो फुटवल खेलाडीका रुपमा एउटा टिमलाई जिताउनु पर्ने वाध्यता थियो भने अहिले रेफ्रिका रुपमा खेललाई नै जिताएर दर्शकलाई समेत मनोरञ्जन दिलाउनु पर्ने जिम्वेवारी छ । खेलाडी हुदै रेफ्रि वनेका उनी अहिले झापा रेफ्रि संघका जिल्ला अध्यक्ष समेत हुन् । नेपालमा फुटवलको सम्भावना हुदा पनि खेलाडी टिकाउन समस्या भइरहेको उनको भनाइ छ । तर निरन्तर मेहनत गर्ने हरु मैदानमा चम्किन सक्छन र नयाँ प्रतिभा मैदानमा उत्रिन सक्छन् भन्ने ठम्याइ समेत उनको छ ।

उनले सन्चालन गरेका फुटवल प्रतियोगितामा भने दर्शकले निक्कै उत्साहका साथ दर्शकका रुपमा सहभागी हुन्छन भने खेलाडीलाई पनि श्यामको खेल खेलाउने कौशल मन पर्ने गरेको बताउछन । नियमीत खेल नहुदा भएका रेफ्रिलाई समस्या भएपनि मोफसलमा हुने प्रतियोगीताले फुटवल खेलाडी देखी फुटवलका रेफ्रिलाई समेत भरथेक गरेको उनी वताउछन् ।

सम्बन्धित खवर