बेलबारी गोल्डकप:आयोजकलाई पन्छाउँदै चित्लाङ क्वाटरफाइनलमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बेलबारी गोल्डकप:आयोजकलाई पन्छाउँदै चित्लाङ क्वाटरफाइनलमा

बेलबारी / ४ कार्तिक
आयोजक एलएक्स सिटी फुटबल क्लबलाई पन्छाउँदै काठमाडौंको चित्लाङ फुटबल क्लब बेलबारीमा जारी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


७ औं बेलबारी अन्तर्राष्टिय आमन्त्रण गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा काठमाडौंले आयोजकलाई ३–२ गोलअन्तरमा पराजित गर्दै क्वाटरफाइनल यात्रा पक्का गरेको हो ।

काठमाडौंले कात्तिक ५ गते सेमिफाइनल यात्राका लागि सिराहाको सहलेश युवा क्लबसँग खेल्ने छ । घरेलु दर्शकको साथ पाएको आयोजकले मध्यान्तरअघि एक गोलले अग्रता लिए पनि मध्यान्तरपछि पाहुना टोली हाबी हुँदा अन्तिम २ मिनेट आयोजकले आफूलाई समाल्न नसक्दा जित सुम्पन्नु पर्यो ।

खेलको १४ औं मिनेटमा आयोजकका मिलन राईको पासमा सुशील राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ४७ औं मिनेटमा चित्लाङका लागि विदेशी खेलाडी रोर्बटको पासमा सनम धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
६२ औं मिनेटमा चित्लाङका कार्लाेसले वान भर्सेस वानमा सुन्दर गोल थप्दै गोल संख्या दोब्बर बनाए । ७४ औं मिनेट आयोजकका प्रदीप लामा गोल गर्दै खेल पुनः बराबरीमा आयो ।

७६ औं मिनेटमा चित्लाङका विदेशी खेलाडी हेनरीले गरेको गोल नै निर्णायक बन्यो । चित्लाङका कार्लाेस प्लेयर अफ द म्याच हुँदै नगद ५ हजार र ट्रफी प्राप्त गरे । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गको खेल मैदान हुने प्रतियोगिता अन्तर्गत भोलि आइतबार झापा ११ फुटबल क्लब र भोजपुर जिल्ला फुटबल संघ बीच हुने खेलको विजेताले सेमिफाइनल यात्रा तय गर्ने छ ।

सम्बन्धित खवर