पथरी शनिश्चरे नगरका १३ विपन्न परिवारलाई अमेरीकामा रहेका पथरी शनिश्चरे १० का दिपेन्द्र दाहालले दशै राहत उपलब्ध गराएका हुन ।
विनायक पाठक, पथरी/ २४ असोज
मोरङ पथरी शनिश्चरे १० जिरिखिम्तिका दिपेन्द्र दाहालले दशैं मनाउन नसक्ने १३ परिवारको घरमा दशैं राहत वितरण गरेका छन । कर्मको सिलसिलामा अमरिकामा रहेका दाहालले दशैंमा आर्थिक अभावकै कारण दुई गाँस मिठो खानबाट कोहि बन्चित हुनु नपरोस भन्ने उदेश्यले दशैं राहत उपहार पठाएका हुन ।

फूलपातीका दिन एक परिवारलाई २० केजि चामल, १५ सयको मासु, १ केजि दाल, न्युटेला, ३ केजि भुजा, २ केजि नुन, १ लिटर तेल र मरमसला सहित घरघरमा राहत पुर्याएका छन । दाहालले प्रत्येक बर्ष दशैं राहत वितरण गर्दै आएका छन । उनि हाल रोजगारको सिलसिलामा अमेरिकामा रहेका छन । दाहालले पठाएको उक्त राहत पत्रकारद्धय गोपाल काफ्ले र अर्जुन काफ्लेले विपन्न परिवारलाई वितरण गरेका छन । राहात वितरणमा युवा नेता तिर्थ आचार्य, युवा ब्यावसायी सुरज सिल्वाल र जुझारु युवा किषान राईले सहजिकरण गरेका थिए । राहात पाउदा पथरी शनिश्चरेको विभिन्न वडामा १३ विपन्न परिवारको मुहारमा खुसी छाएको थियो ।

दाहालले अमेरीकामा आफ्नो कमाईको ५ प्रतिशत रकम नेपालमा सामाजिक काममा खर्च गर्दै आएका छन । उनले नेपालका विभिन्न क्षेत्रमा आर्थिक अभावमा समस्यामा परेका विपन्न वर्गका मानिसहरुलाई पहिलो चरणको सकेको सहयोग गर्दै आएका छन । अघिल्लो बर्ष उनले करिव २५ परिवारलाई दशैंमा राहत वितरण गरेका थिए भने भुकम्पमा परेका जाजरकोटका पिडितहरुलाई भुकम्प स्थलमै पुगी सहयोग गरेका थिए ।



















