२ करोड ५४ लाख आम्दानी सहित लर्ड बुद्धको २२ औं साधारण सभा सम्पन्न - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

२ करोड ५४ लाख आम्दानी सहित लर्ड बुद्धको २२ औं साधारण सभा सम्पन्न

गोपाल काफ्ले/पथरी, २० असोज
सहकारी मार्फत नेपालमै पहिलो पटक जेष्ठ नागरिक भत्ता पेन्सन वितरण गर्दै आएको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड पथरी शनिश्चरेले २ करोड ५४ लाख ७० हजार ६ सय २२ रुपैया आम्दानी गर्न सफल भएको छ । शिक्षा, कृषी र ब्यापारलाई पहिलो प्राथमिक्ताका साथ अघि बढेको संस्थाले २१ प्रकारका बचत कारोबार गर्दै आएको छ । सस्थाले ७० बर्ष लागेका जेष्ठ नागरिकलाई मार्षिक भत्ता वितरण गर्दै आएको छ ।

संस्थाले २२ औँ वार्षिक साधरण सभा मार्फत अर्थिक बर्ष २०८१/०८२ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाका सचिव महेन्द्र ढुङ्गानाले आर्थिक बर्ष २०८०/०८१ मा २ करोड ५१ लाख ५८ हजार २ सय सेयर पुँजी बनाउन सफल संस्थाले यस आर्थीक बर्षमा ३ करोड १० लाख पुर्याउने लक्ष्य लिएको बताउनु भयो । संस्थाको कोषलाई १ करोड ५० लाख १८ हजार ७ सय ३१ लाई बढाएर १ करोड ७० लाख पुर्याउने लक्ष्य लिएको छ । संस्थाको २२ करोड ३ लाख २९ हजार ६ सय ७२ निक्षेप बचतलाई वृद्धि गर्दै २४ करोड ८० लाख पुर्याउने लक्ष्य लिएको सचिव ढुङगानाले बताउनु भयो ।

संस्थाले हाल सम्म २७ करोड ५९ लाख ६६ हजार ५ सय ८९ को कारोबार गरेको छ भने यस आर्थिक बर्षमा ३१ करोड करोवार गर्ने लक्ष्य लिएको छ । संस्थाको जम्मा पुँजी जगेडा कोष १ करोड ४९ लाख ३२ हजार २ सय १२ रहेको छ । पथरी शनिश्चरे वडा नम्बर ०२ को बुद्ध चोकमा मुख्य कार्यालय रहेको संस्थाले सेयर सदस्यको माग बमोजिम पथरी शनिश्चरे क्षेत्र भित्र कीर्तिपुर र पुलचोकमा सेवा केन्द्र संचालनमा ल्याएको छ ।


२२ औँ वार्षिक साधरण सभामा आर्थिक बर्ष २०८०/०८१ मा उत्कृष्ट कारोवार गर्ने सेयर सदस्य पूर्व सञ्चालक अमृता अधिकारी खत्री सम्मानित भएकी छिन् भने उत्कृष्ट बचत कारोबारकर्ता गङ्गा राई तथा खगेन्द्र कुमार सारू मगर, उत्कृष्ट ऋण कारोबारकर्ता कमला राई तथा अर्जुन सेन्चुरी, उत्कृष्ट बाल बचतकर्ता संजिब कुमार गुप्ताको छोरालाई पुरस्कृत गरिएको छ ।

कुल ३ हजार ३ सय ५२ जना सेयर सदस्य रहेको लर्ड बुद्धले वि.सं. २०७४ साल वैशाखदेखि जेष्ठ सदस्य आजीवन भत्ता पेन्सन सुविधा प्रदान गर्दै आएको छ । मासिक ८ सय ५० का दरले तीन महिनासम्मको एकमुष्ट पेन्सन रकम प्रदान गर्दै आएको छ । संस्थाले मासिक तथा आवधिक बचत, कर्जा प्रवाह कारोबार, सदस्य राहत, जेष्ठ सेयर सदस्यलाई आजीवन भत्ता वितरण, जेष्ठ सदस्य सम्मान, रक्तदान, विद्यार्थी छात्रवृत्ति, सहकारी सम्बन्धी वक्तृत्व कला प्रतियोगितालगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। संस्थाले सेयर सदस्यको सुविधालाई मध्यनजर गर्दै मोवाईल बैकीङ् सेवा विस्तार गर्दै आएको छ ।

सम्बन्धित खवर