यु के एफसी भारतलाई हराउदै संकटा विजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

यु के एफसी भारतलाई हराउदै संकटा विजयी

साइनो समाचारदाता/पथरी, ७ असोज
यु के एफसी भारतलाई हराउदै संकटा एफ सि काठमाडौ मोरङको पथरी शनिश्चरेमा जारि अन्तराष्ट्रिय आमन्त्रण प्रथम ईन्ट्रा पथरी शनिश्चरे गोल्डकपको सेमिफाईनल प्रबेश गरेको छ । संकटाले २-० गोल अन्तरे पाहुना टोली युके एफ सिलाई पराजित गरेको छ ।

पहिलो गोल खेलको ३३ औं मिनेटमा संकटाका कृपा चौधरीले गोल गरे । चौधरीले वान भर्सेस वानमा प्रहार गरेको बल विपक्षि गोल किपर रुपक कोयाले बचाउन खोज्दा रिबाउन्स भएको बललाई जालि चुमाएका थिए । संकटाका लागि अतिरिक्त समयमा युवराज ढकालले गोल गर्दै खेल २-० गोल अन्तरले आफ्नो पक्षमा पार्यो ।

खेलको म्यान अफ द म्याच संकटाका पुस्कर खड्का घोषित हुदै नगद पॉच हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत भोली मंगलबारको चौथो खेल व्रिगेड ब्वाईज काठमाडौ र सिराहा सहलेस बिच हुने छ ।

प्रतियोगितामा ए डिभिजन क्लब संकटा सहित ब्रिगेड व्वाइज क्लब, भारतको युकेएफसी, सिराहाको सहलेस युथ क्लब, धरान सिटी फुटबल क्लब, झापा ११ फुटबल क्लबसहित ८ टोलीको सहभागिता रहने छ । पथरी ११ ले आयोजना गरेको प्रतियोगिताको मुख्य प्रायोजक इन्ट्रा फाउण्डेशन अमेरीकाले रहेको छ भने मुख्य सहयोग पथरी शनिश्चरे नगरपालीकाले गरेको छ ।

प्रतियोगिता मोरङको पथरी शनिश्चरे १ स्थित पथरी रंगशालामा असोज ५ देखि १२ गते सम्म संचालन हुनेछ । गोल्डकपको विजेताले तीन लाख र उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद रू पच्चिस हजार र अन्य विधागत उत्कृष्ट खेलाडीहरूले जनही दश हजार प्राप्त गर्नेछन भने प्रत्येक खेलको म्यान अफ द म्याचले पॉच हजार प्राप्त गर्ने छ ।

सम्बन्धित खवर