प्रदिपको ह्याट्रिक संगै झापा ११ दोस्रो चरणमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रदिपको ह्याट्रिक संगै झापा ११ दोस्रो चरणमा

साइनो समाचारदाता/ ६ असोज, पथरी
धरान सिटिलाई हराउदै झापा ११ मोरङ पथरी शनिश्चरेमा जारि पहिलो ईन्ट्रा पथरी शनिश्चरे गोल्डकपको दोस्रो चरणमा प्रबेश गरेको छ । झापा ११ को जितमा प्रदिप बुढाथोकीले ह्याट्रिक पुरा गरे । बुढाथोकीले खेलको ९, ४१ र ५२ मिनेटमा गोल गर्दै गरेका थिए । अतिरिक्त समयमा अभिसेक गुरुङले गोल गर्दै खेलमा झापा ११ ले ०- ४ गोल अन्तरले खेल जित्न सफल भयो ।

झापा ११ बुढाथोकीले पहिलो गोल खेलको ९ मिनेटमा उत्सव राईको पासमा गोल गर्दै खाता खोलेका थिए । पहिलो हाफ १ गोलको अग्रता लिएको झापा ११ ले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । खेलको ४१ र ५२ मिनेटमा झापा ११ का हरि बहादुर आले मगरको पासलाई सदुपयोग गर्दै बुढाथोकीले ह्याट्रिक पुरा गरे । अतिरिक्त समयमा पारस कार्कीको पासमा अभिसेक गुरुङले गोल गर्दै खेल जिरोको विरुद्घ ४ गोलको अग्रता बनाए ।

खेलको म्यान अफ द म्याच घोषित ह्याट्रिककर्ता प्रदिप बुढाथोकी घोषित हुदै नगद पॉच हजार प्राप्त गरे । उनलाई खेलका अतिथी मोरङ फुटवल संघका अध्यक्ष संजिव बुढाथोकीले पुरस्कृत गर्नु भएको थियो । प्रतियोगिता अन्तरगत भोली सोमबारको तेस्रो खेल यु के एफसी दार्जेलिङ भारत र संकटा एफ सि काठमाडौ बिच हुने छ ।

प्रतियोगितामा ए डिभिजन क्लब संकटा सहित ब्रिगेड व्वाइज क्लब, भारतको युकेएफसी, सिराहाको सहलेस युथ क्लब, धरान सिटी फुटबल क्लब, झापा ११ फुटबल क्लबसहित ८ टोलीको सहभागिता रहने छ । पथरी ११ ले आयोजना गरेको प्रतियोगिताको मुख्य प्रायोजक इन्ट्रा फाउण्डेशन अमेरीकाले रहेको छ भने मुख्य सहयोग पथरी शनिश्चरे नगरपालीकाले गरेको छ ।

प्रतियोगिता मोरङको पथरी शनिश्चरे १ स्थित पथरी रंगशालामा असोज ५ देखि १२ गते सम्म संचालन हुनेछ । गोल्डकपको विजेताले तीन लाख र उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद रू पच्चिस हजार र अन्य विधागत उत्कृष्ट खेलाडीहरूले जनही दश हजार प्राप्त गर्नेछन भने प्रत्येक खेलको म्यान अफ द म्याचले पॉच हजार प्राप्त गर्ने छ ।

सम्बन्धित खवर