साइनो समाचारदाता,पथरी/ १३ असार, २०८० सालको एसईई परिक्षामा मोरङ पथरी शनिश्चरे १ मा अवस्थित पञ्चायत माध्यमिक विद्यालयले मोरङ जिल्लाको पहिलो स्थान हासिल गरेको छ । आज प्रकाशन भएको नतिजाको आधारमा पञ्चायत माध्यमिक विद्यालयकी छात्रा निकिता राईले ३.९६ जिपिए अंक हासिल गरेकी छन । राईले ल्याइको अंक सामुदायिक विद्यालय तर्फ मोरङमा सबैभन्दा बढि रहेको विद्यालयले दावि गरेको छ ।

प्रकाशित नतिजा अनुसार मोरङ जिल्लाको उत्कृष्ट विद्यालयका रुपमा पञ्चायत माध्यमिक विद्यालय पथरी शनिश्चरे रहेको छ । निकिता राईले सोही विद्यालयबाट सहभागी करुणा राईले ३.६५, शौरभ धिमालले ३.६५ र नम्रता खतिवडाले ३.६२ ल्याएकी छिन् । उत्कृष्ट हुने यी विद्यार्थीहरूलाई पञ्चायत माविका कुनैपनि संकायमा कक्षा ११ र १२ निःशुल्क अध्ययन गर्ने व्यवस्था गरिएको प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले जानकारी दिनुभयो ।
कोसी प्रदेशमै अब्बल मानिएको पञ्चायत माविले एक दशक देखि विज्ञान संकायमा देशै भरिका सामुदायिक विद्यालय पछि पार्दै आएको छ । उपत्याका बाहिर ८ संकायमा पठन पाठन हुदै आएको पञ्चायत माविमा चार हजार बढि विद्यार्थी अध्यायनरत छन । राज्यले शौक्षिक संस्था सुधार अभियान संचालन गरे संगै नमुना विद्यालय कार्यक्रमले विद्यार्थीको चाप बढ्दो रहेको छ ।
















