साइनो समाचारदाता, पथरी/ १३ असार, मोरङको पथरी शनिश्चरे २ स्थित रेडस्टार अंग्रेजी बोर्डिङ स्कूलका दुई जना विद्यार्थीले २०८० सालको SEE मा 4 GPA ल्याएका छन । 4 GPA ल्याउनेमा अजय लिम्बु र सतिस आचार्य रहेका छन । रेडस्टार स्कूलबाट ७५ जना विद्यार्थी SEE 2080 मा सामेल भएको थिए ।

विद्यालयले हाल सम्म चेक गर्दा दुई जनाले 4 GPA सहित अन्य विद्यार्थीले उत्कृष्ठ नतिजा ल्याएको सार्वजनीक गरेको छ । पथरी शनिश्चरेमा समाचार तयार पार्दा सम्मको SEE 2080 को तथ्याङ्कमा यो उत्कर्ष्ट रिजल्ट देखिएको छ । विद्यालयले SEE 2080 उतिर्ण विद्यार्थीहरुलाई उज्जल भविश्यको अग्रिम शुभकामना ब्यक्त गरेको छ ।
















