दिपेश रोक्का/कानेपोखरी, १ जेष्ठ
मोरङको कानेपोखरी ४ स्थित वयरवनमा प्रथम मिनि महोत्सव २०८१ हुने भएको छ । श्री मातृ भुमी समाजसेवा युवा क्लबको आयोजनामा जेठ ३ गते देखि २४ गते सम्म मिनि महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।

समाजमा लुकेर रहेको संगितिक प्रतिभाहरुको उजार गर्ने उदेश्यका साथ वयरबन बजार मिनि महोत्सवको आयोजना गर्न लागेकाे मिनि महोत्सव मेला प्रचार प्रसार समितीका संयोजक सन्दिप खत्रीले जानकारी दिए ।
लोटस इन्टरटेन्डमेन्ट प्रालि दमकको व्यवस्थापनमा सञ्चालन हुने महोत्सव २४ गते सम्म संचालन हुनेछ । महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । महोत्सवमा बालबालिका तथा युवा युवतीका लागि मनोरञ्जनका खेल, रोटेपिङ, ड्राइगन रेस लगायतका खेलहरु रहने छन । महोत्सव स्थल प्रवेशका लागि एक सय रुपैयाँ शुल्क तोकिएको छ ।
महोत्सवमा मौका र अवसर प्रधान गरिदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिर परिचीत गराउने , सामाजिक सन्भाव कायम गर्ने , सामाजिक विकाश कोष स्थापना गरि समाजमा रहेको कुसंस्कारको विरुद्धमा सचतेना कार्यक्रमहरु गर्ने उदेश्यले २१ दिने मिनि महोत्सवको आयोजना गर्न लागेको क्लबका अध्यक्ष लिला बहादुर बुढाथोकीले जानकारी गराए ।
















