साइनो समाचारदाता/ पथरी, २५ माघ
पथरी शनिश्चरे वडा नं. २ को आयोजनामा सम्पन्न पथरी शनिश्चरे भेट्रान लिग फुटवलको उपाधी आयोजक वडा नं. २ ले चुमेको छ । सोमबार भएको फाईनल खेलमा वडा नं. २ ले वडा नं. ४ लाई २-१ गोले अन्तरले पराजित गर्दै उपाधी चुमेको हो ।


वडा नं. २ को जितमा मदन राईले दुबै गोल गरेका थिए । वडा नं. ४ का लागि एक मात्र सान्तवना गोल यादव राईले गरेका थिए ।
निकै प्रतिस्पर्दात्मक खेलमा वडा नं. २ का लागि मदन राई १०, १८ औ मिनेटमा गोल गर्दै अग्रता लिएका थिए ।

पहिलो हाफ २ गोलले पछि परेको वडा नं. ४ का लागि खेलको ४१ औं मिनेटमा यादव राईले गोल गर्दै खेल २-१ को अन्तरमा ल्याए पनि थप गोल गर्न नसक्दा हार बेहोर्नु परेको हो ।

खेलमा वडा नं. २ का गोल रक्षम सन्तोष राई वेष्ट किपर, मदन राई हाई स्कोर/ म्यान अफ द म्याच, विजय राई वेष्ट डिफ्रेन्स, जोन सुब्बा सर्वोकिष्ट खेलाडी घोषित भए भने वडा नं. ४ का लोकेन राई वेष्ट मिडफिल्डर सुर्य सिवा वेष्टफर्वड घोषित भए ।



प्रतियोगिताको विजयी वडा नं. २ ले उपाधी संगै नगद ५० हजार र उपविजेता वडा नं. २ ले उपाधी संगै नगद २० हजारमा चित्त बुझाउनु परेको छ । विजयी टिम र खेलाडीलाई प्रतियोगिताको प्रमुख अतिथी नगर प्रमुख मोहन तुम्बापोले पुरस्कृत गर्नु भएको थियो ।

















