साइनो समाचारदाता/पथरी, २० बैशाख
महिला माथी यौन दुब्र्यावहारको आरोप खेपि रहेका मोरङ पथरी शनिश्चरेका स्वास्थय संयोजक मुरारी आचार्यले मुद्धा परे संगै विदा थपेका छन । मोरङ पथरी शनिश्चरे नगर स्वास्थ संयोजक मुरारी आचार्य माथी एक महिलाले चैत्र २३ गते आरोप लगाएकी थिन । पिडित महिलाले पत्रकार सम्मेलन गरे लगतै संचारकर्मीलाई घटना लुकाईदिन अनुरोध गरेका आचार्य उत्त दिन देखि नै विदामा बसेका थिए ।

यता नगरलाई भने नगरकी पिडित चेली भन्दा स्वास्थय संयोजक आचार्य चिन्ता बढि भएको देखिन्छ । चैत्र २३ गते आरोप लगाएकी पिडित युवतीले बैशाख ४ मा मोरङ जिल्ला अदालतमा मुद्दा हालेकि थिन । तर पिडित महिलालाई न्यायमा पहल गर्नु भन्दा आचार्यलाई दुई पटक विदा दिएर बचाउन लागेको छ । नगरकी चेली पिडित हुदा समेत नगरले कुनै प्रतिकृया जनाएको छैन । पिडित युवतीको परिवारले समेत नगरले एक शब्दा सोधी खोजि नगरेको बताएको छ ।
यता उत्त विषयलाई पटक पटक फलोअप गरेको अनुसार नगर संगं बुझ्दा नगर प्रमुख मोहन तुम्बापोले आफुहरु आउनु भन्दा अघिको घटना भएकाले मुद्दा परेको र आचार्यले फिरात दिने भनेको बताउनु भयो । तुम्बापोले मुद्दा परेका कारण कानुनले जे भन्छ त्यहि हुने बताउनु भयो ।
मुद्दा पछि विदा थप गरि बसेको पथरी शनिश्चरे प्रमुख प्रसासकिय अधिकृत शशी राईले जानकारी दिनु भयो । राईले भन्नु भयो “३० दिनको विदा लिनु भा थियो मैले १५/१५ दिनको विदा दिएको छु । नगरमा आधिकारी उजुरी नआएको र अदालतले पनि कुनै पत्र नगरलाई नपठाएको कारण नगरले उत्त विषयमा केहि नबोल्ने बताउनु भयो” । यता नगर प्रबक्ता नविन कार्कीले समेत विदामा भएको र विदाबाट आए पछि स्पटीकरण सोध्ने र चित बुझ्दो जवाफ नआए नगरले गर्न सक्ने कार्वाही अगाडी बढाउने बताए ।
आचार्यलाई लागेको आरोप, पिडित युपतीको पत्रकार सम्मेलन, संचारकर्मीलाई घटना लुकाईदिन गरेको अनुरोध, निवर्तमान नगर प्रमुखको भनाई, घटना घटेको भोलिपल्टै छलफलमा बसेका ब्यात्तीको बसेको, पिडित युवतीले लगाएको मुद्दा र आचार्यको लामो विदा बसाईले घटना लुकाउन खोजेको प्रष्ट देखिन्छ ।
पिडित महिलाले २०७८ मंसिरमा पहिलो पटक आफुमाथी स्वास्थ संयोजक मुरारी आचार्य यौन दुब्र्यावहार गरेको र भोली पल्टै छलफल हुदा तत्कालिन नगर प्रमुख दिलिप कुमार राई र तत्कालीन प्रदेश संसद कृष्ण कुमारी राईले घटना दवाएको उनले आरोप लगाएकी छन ।
छलफल पछि पनि नगरका स्वास्थ संयोजक मुरारी आचार्यले पटक पटक आफुमाथी यौन दुब्र्यावहार गरेपछी आफु बाध्य भएर जागिर छोडी कानुनी बाटो समाएको पिडित युवतीको भनाई छ । आचार्यले २०७८ देखि जागिर नछोडे सम्म आफु माथी बारम्बार यौन दुब्र्यावहार गरेको कारण डर भय र त्रासबाट बच्न जागीर छोडि कानुनी उपचारमा लागेको बताएकी छन ।
उनि भन्छीन जिल्ला प्रसासन, प्रहरी प्रसासन र पथरी शनिश्चरे नगर लगायतले हदम्याद कटाउन मेरो उजुरी नै लिन मानेन महिलाको हक अधिकारका निम्ती बोल्ने र पहल गर्ने ओरेक नेपाल संस्थाको सहयोगमा कानुनी उपचारमा आई मुद्धा दर्ता गरेको उनको भनाई छ । उनि भन्छिन “म गलत छैन, मलाई परिस्थतीले र समयले कम्जोर बनायो आचार्य जस्ता कर्मचारीका कारण नगरका महिला कर्मचारी अशुरक्षित छन, एउटा महिलालाई पर्दा अर्को महिलाको साथ पाईन । आचार्यले मेरो सोझो पनको फाईदा उठायो” ।
यता घटना घटे लगतै छलफलमा बसेका संबिधान सभा सदस्य चन्डिप्रसाद राई, स्थानीय नेता टंक भण्डारी, तुलसी ढकाल, बौध कार्की पिडित चेलीले लगाएको आरोप साचो र पिडित चेलीले न्याय नपाएको बताएका छन । नगरले स्वास्थय संयोजक आचार्यलाई बचाउदै पिडित युवतीलाई अन्याय गरेको उहाँहरुको भनाई छ ।
















