साइनो समाचारदाता/पथरी, ९ बैशाख, मोरङ पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्य माथि यौन दुब्र्यबहारको मुद्धा परेको छ । उनलाई नगर अस्पतालमा काम गरि एक बर्ष अघि जागिर छोडेकी एक महिलाले मुद्धा हालेकी छन । उनले २०७८ मंसिरमा पहिलो पटक आफुमाथी स्वास्थ संयोजक आचार्यले यौन दुब्र्यबहार गरेको र भोलीपल्टै छलफल हुँदा तत्कालिन नगर प्रमुख दिलिप कुमार राई र तत्कालीन प्रदेश संसद कृष्णकुमारी राईले घटना दवाएको उनले आरोप लगाएकी छन ।

छलफल पछि पनि नगरका स्वास्थ्य संयोजक आचार्यले पटक पटक आफुमाथी यौन दुब्र्यावहार गरेपछी जागिर छोड्न बाध्य भएको पिडित युवतीको भनाई छ । आचार्यले २०७८ देखि २०८० बैशाख ६ गते सम्म आफुमाथी बारम्बार यौन दुब्र्यबहार गरेको कारण डर,भय र त्रासबाट बच्न जागीर छोडि कानुनी उपचारमा लागेको बताएकी छन । आफुमाथी पछिल्लो समय २०८० बैशाख ३ र ६ गते कार्यलय र बाटोमा जबरजस्ती गर्न खोजेको पिडित महिलाको भनाई छ । उनि भन्छिन जिल्ला प्रसासन, प्रहरी प्रसासन र पथरी शनिश्चरे नगर लगायतले हदम्याद कटाउन मेरो उजुरी नै लिन मान्दैन्न महिलाको हक अधिकारका निम्ती बोल्ने र पहल गर्ने ओरेक नेपाल संस्थाको सहयोगमा कानुनी उपचारमा आई मुद्धा दर्ता गरेको उनको भनाई छ ।
जबरजस्ती यौन दुब्र्यबहारको आरोप लागेका पथरी शनिश्चरे नगर अस्पतालका स्वास्थ्य संयोजक मुरारी आचार्य पिडित महिलाले आरोप लगाएकै दिन देखि विदामा रहेका छन । पिडित महिलाले चैत्र २३ गते बेलबारीमा पुगेर पत्रकार सम्मेलन गरे लगतै संचारकर्मीलाई घटना लुकाईदिन आचार्यले अनुरोध समेत गरेका थिए । पत्रकार सम्मेलन गरेको जानकारी पाए लगतै उनि विदामा रहेका छन् । पिडित महिलाले आफुजस्तै अरु महिला आचार्यबाट शोषित र पिडित हुन नपरोस र नगर अस्पतालमा आफु जस्तो अरु महिलाले पिडा भोग्नु नपरोस भनि मुद्धा दायर गरेको बताईन ।
यता चैत २३ गते नै सोही बिषयमा घटना सँग जोडिएका प्रमुख आचार्य सँग सम्पर्क गर्दा उनले यो आरोप मात्र भएको र आफुले त्यस्तो नगरेको बताए तर उनलाई कामका विषयमा संझाएको बताए । उनले उल्टै आरोप लगाउने युवतीको चरित्र नै ठिक नभएको प्रतिक्रिया दिएका थिए । उत्त दिन देखि आचार्य विदामा रहेका छन ।
















