साइनो समाचारदाता/पथरी, १२ चैत्र, नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ मा पुर्व सभामुख स्वर्गय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैककले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । निर्वाचन आयोगले रिक्त रहेकाे इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते उपनिर्वाचन गराउने निर्णय गरेको छ ।

आयोगले रिक्त इलाम निर्वाचन क्षेत्र नं २ र बझाङ क्षेत्र १ (क) मा एकै पटक वैशाख १५ गते उपनिर्वाचन गराउने तयारी गरेको छ ।
इलाम निर्वाचन क्षेत्र २ बाट निर्वाचित तत्कालीन प्रतिनिधि सभा सदस्य नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो ।
त्यस्तै, बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहको गत असार २५ गते गाडी दुर्घटनामा निधन भएको थियो ।
















