साइनो समाचारदात/पथरी, ११ चैत्र
सहिद रत्न कुमार बान्तावा तेस्रो राष्ट्रिब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० हुने भएको छ । प्रत्येक बर्ष फ्रेण्डसिप चेस क्लव पथरी शनिश्चरे मोरङको आयोजनामा गर्दै आएको प्रतियोगिता चैत्र २७ देखि ३० गते सम्म हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार नगद ५१ हजार रहेको छ भने दोस्रो पुरस्कार ३५ र तेस्रो हुनेले नगद २५ हजार रहेको छ । टप फिप्टिन र विधागत तर्फ १८ गरि ३३ बिधामा पुरस्कृत हुने बुद्धिचाल प्रतियोगितामा नेपालका च्याम्पियन, पुर्व नेपाल च्याम्पियन लगायत एक सय पचाँस प्रतियोगी सहभागि हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पथरी शनिश्चरेबाट ६० जनाले सहभागिता जनाउने भएका छन भने अन्य खेलाडी नगर बाहिरका रहेका छन । बहिरका खेलाडीको लागि आभासको ब्यबस्था आयोजकले गरेको छ भने पुरस्कार मात्र ३ लाख ३६ हजार रकम खर्चहुने आयोजकको भनाई रहेको छ ।

चार दिन सम्म चल्ने प्रतियोगिता पथरी शनिश्चरे २ मा रहेको सिन भिलेज पार्टि प्यालेसमा संचालन हुने भएको छ । प्रतियोगिता स्वीस लिगको नियम अनुसार ९ राउण्डको हुने आयोजकले जानकारी दिएको छ । अनुमानीत सात लाख खर्च हुने प्रतियोगितामा पथरी शनिश्चरे नगरले ३ लाख सहयोग गरेको छ ।
















