साइनो समाचारदाता/पथरी, १० चैत्र, मोरङको पथरी शनिश्चरे १० मा हात्तीले दुख दिन सुरु गरेको छ । गए राति १२ बजेको समयमा एक हुल हात्ती गाउँ प्रबेश गरी क्षती पुर्याएको छ । गाउँ प्रबेश गरेको हात्तीले आहाराको खोजीमा भौतारीदा ३ ओटा घरमा क्षती पुगेको छ ।

जंगल संगै रहेको गाउँमा हात्ती आहाराको खोजिमा आएका थिए । आहारा नपाए पछि दुई वटा घरका टाटी बेरा भत्काएको छ भने एक घरको भ्याल समेत भत्काएको छ । हात्ती प्रबेश गरे संगै स्थानीयले हल्ली खल्ली गरे पछि हात्ती नजिकै रहेको जंगलमा प्रबेश गरेका छन । हात्ती जंगल बसे संगै सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश उपाध्यक्ष तथा डाँस मोरङ्गी सामुदायीक बन उपभोक्त समुहका अध्यक्ष मदन पोख्रेलले केहि समय बन प्रबेश नगर्न उपभोत्ताहरुमा सुचना जारी गरेका छन ।
नेपाली जंगली हात्ती हुन की केहि समय अघि भारबाट प्रबेश गरेका छुटेका हात्तीहुन त्यो भने पहिचान हुन सकेको छैन । तर उत्त स्थानमा प्रत्येक बर्ष हात्तीले दुख दिने गरेको छ । पछिल्लो समय बन विनास भए संगै हात्ती आहाराको खोजिमा समुदाय तिर पस्ने गरेको छ ।
यो समय धान मकै र कोलाको सिजन भएकाले हात्ती गाउँ आउने गरेको स्थानीय बताउ छन । बैज्ञानीक बनको नाममा बन उजाड हुदै गएका कारण र बनमा हात्तीका लागि खाने कुनै पनि बनस्पती नभएकाले हात्ती गाउँ पस्न बाध्य भएको स्थानीय युवा रोशन दाहालले बताए । दाहालले उज्यालोमा जंगलमा रहेको हात्तीले राती फेरि गाउँ प्रबेश गरि दुख दिन सक्ने बताए ।
















