साइनो समाचारदाता/पथरी, ४ चैत्र , मोरङको पथरी शनिश्चरे वडा नं. १ बुद्घ चोकमा रहेको कोशी चिउरा मिलमा आग्लागी हुदा १ करोड ५० लाखको धनजन क्षति भएको छ । रातको १२ बजे मिलमा आग्लागी हुदा चिउरा, धान, मकै पिस्ने मिल जलेर पुरै नष्ट भएको छ भने मिल भित्र रहेको धान, मकै र चिउरा समेत नस्ट भएको छ ।

कर्ण कुमारी लिम्बुको घर संगै गरेको मिलमा रातको समयमा आग्लागी भएको थियो । आग्लागी पुरै मिल भरि सल्के पछि मात्र थाहा भएको थियो । २ घण्टा पछि स्थानीयको सहयोगमा नेपाल प्रहरी, सस्त्र प्रहरी र बारुण यन्त्रको सहयोगमा आग्लागी नियन्त्रण भएको थियो । आग्लागीबाट ४ ओटा सुङ्गुर जलेर नस्ट भए पनि कुनै मानविय क्षतिभने हुन पाएन । मिलका कुनै पनि पाटपुर्जा काम नलाग्ने अवस्थामा रहेको छ भने ठुलो मात्रामा खाद्यन्य जलेर नष्ट भएको छ ।

करिव १२ बजे सल्किएको आगो २ बजे मात्र नियन्त्रणमा आएको थियो ।आग्लागी नियन्त्रण गर्न पथरी शनिश्चरे, उर्लावारि, कानेपोखरी र बेलबारी नगरको दमकलको सहयोग लिनु परेको थियो । समयमै दमकल आएका कारण अन्य घरमा आगो सल्कीन पाएन । सुख्खा, गर्मी तथा हावाहुरीको समय भएकाले आग्लागी कसरी भयो भन्ने थाहा हुन भने सकेको छैन । ईलाका प्रहरी कार्यलय पथरीले घटनाको अनुसन्धान अघि बढाएको जनाकारी दिएको छ ।



















