रबिन्द्र बराल, रंगेलीर१ चैत्र, मोरङको रंगेली नगरपालिका ७ मा रहेको मिनिल्याण्ड इडलीस बोर्डिड स्कूलले बिधालय १९ ओै बार्षिक दिवश विविध कार्यक्रम गरि मनाएको छ । बिधालयले आफ्नो प्राङ्गणमा बिधार्थिहरुको क्षमता अभिवृद्धी गर्ने उदेश्यका साथ विज्ञान, कला तथा सास्कृक्तिक प्रर्दशनी समेतको आयोजना समेत गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी रंगेली नगरपालिकाका नगर प्रमुख दिलीप बगडीयाले उद्घाटन गर्नुभएको कार्यक्रममा विद्यार्थीहरूले आ(आफ्नो रुचीअनुसार कला कैसलता प्रर्दशनी गरेका थिए । कार्यक्रममा विद्यार्थीको क्षमता विकासका लागि विद्यार्थीहरूले निर्माण गरेका प्रविधि, विज्ञान तथा कला सास्कृतिक र सीपका सामग्रीहरू राखेर प्रदशनी गरेका थिए। बिधार्थिहरुले नगरपालिका भवन, बिधालय भवन, खेल मैदानको डिपिआर, रंगेली अस्पताल, सौर्य मण्डल, सोलार सिस्टम, सेन्सर सिस्टम, विद्युतीय माध्यमबाट चल्ने गाडी, पिड, स्काभेटर, डोजर लगायत का सामग्रीहरु निर्माण गरि प्रदर्शनमा राखिएको थिए ।

त्यस्तै माटो र कागजबाट निर्मित मूर्ति, फूलसंगै सांस्कृतिक महत्वका कपडा र सजावटका सामग्री र विद्यार्थीहरूले रंगेली बजार मा रहेका ठाउँ हरुको प्रर्दशनीमा राखेका थिए । कार्यक्रममा उपमेयर भुमा पराजुली, रंगेली ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक बुद्धिराम चौलागाई , वडा अध्यक्ष रामचन्द्र मण्डल , अर्जुन बस्नेत, प्रेम सुवाल, भेषराज पोखरेल, ज्ञान बहाद्र खड्का, शिक्षा अधिकृत रविन्द्र पंडित, सुरेश मिश्र , सूर्य गौतम, जिवन खनाल, जितेन्द्र कुमार दास, कासिलाल राजवंशी, प्रमोद मंडल, विभिन्न विद्यालयका प्रिन्सिपल , स्थानीय, अभिभावक बुद्धिजीवी समाजसेवी लगायतले प्रदर्शनीको अवलोकन समेत गरेका थिए ।


















