साइनो समाचारदाता/पथरी, २२ फागुन, मोरङको पथरी शनिश्चरेमा स्थानीयले कान्छाराम कन्ट्रक्सनका कर्मचारी, क्रसरका सामान सहितको ट्रक र दुई वटा भेन नियन्त्रणमा लिएका थिए । मनमोहन गन्धी मार्गको काम ढिलासुस्ती भएको र काम नगरी सामान उठाएर जान लागेको भन्दै स्थानीयले नियन्त्रणमा लिई प्रसासनलाई जिम्मा लगाएका थिए ।

स्थानीयले क्रसरका सामान सहितको ट्रक, कर्मचारी र दुई वटा भेनलाई पथरी शनिश्चरे वडा नं. १० कार्यलय र ससस्त्र प्रहरीको कार्यलय अगाडी नियन्त्रणमा लिएका थिए । कान्छाराम कन्ट्रक्सनका प्रतिनिधी दिपक थिङ तामाङ भोली बिहान देखि काम सुरु गर्ने मौखिक सहमती पछि कर्मचारी र दुईवटा भेन छोडिएको छ । ट्रक भने ससस्त्र प्रहरीको निग्रानीमा रहेको छ ।

स्थानीयले बाटो चाडो बन्नु पर्ने माग राख्दै बाटो नबने सम्म सवारी साधन नछोड्न प्रसासनलाई दवाव दिएका छन । यस अघि मंसिर १४ मा स्थानियले पथरी शनिश्चरेको ३ स्थानमा ढाट लगाएर बन्द गरेका थिए । मनमोहन गन्धी मार्गको काम समयमै सम्पन्न नभए पछि स्थानियले पटक पटक दवाव दिदै आएका छन । कान्छाराम कन्ट्रक्सनले यात्रा गर्न सहज रहेको कालोपत्र बाटो निर्माण गर्ने भन्दै भत्काएको थियो । हाल उत्त बाटो खल्डा खुल्डिको समस्याले यात्र गर्न कठिन रहेको छ । उता लामो समय देखि स्थानीयले खल्डा खुल्डिको समस्या मात्र हैन बर्खामा हिलो, र गर्मीमा धुलोको समस्या समेत भोग्नु परेको छ ।

४ बर्ष वित्दा समेत बाटो नबने पछि पथरी शनिश्चरे ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, ८ का नविन कार्की र ९ का विरवाहादुर राईले बाटो चाडो नबने बाटो बन्द गर्ने ध्यानाकषण पत्र समेत सार्वजनिक गरेका थिए । मंसिर १४ मा पथरी शनिश्चरे वडा नं. ४, ८ र ९ का वडाध्यक्ष, ठेकेदार कम्पनिका प्रतिनिधी दिपक थिङ तामाङ, ईलाका प्रहरी कार्यलय पथरी र स्थानियको ३ घण्टा लामो छलफल पछि बाटो निमार्ण काम सुरु गर्ने लिखित संझैता पछि बाटो खोलिएको थियो ।

२०८० कार्तिकमा म्याद थप गरे पनि काम सुरु नगरे पछि मंसिर १४ मा स्थानियले बाटो अवरुद्घ गरेर सडक आन्दोलनमा उत्रिएका थिए । ३ बर्षमा काम सम्पन्न गर्ने गरि २०७६ कार्तिकमा कान्छाराम कन्ट्रक्सनले कामको जिम्म लिएको थियो । १ अर्व ५५ करोड ७३ लाखमा ठेक्का लिएको कान्छाराम कन्ट्रक्सन कम्पनीले सरकारले भुत्तानी नदिएका कारण निमार्ण कार्य अघि बढ्न नसकेको बताउदै आएको छ ।

















