अर्जुन काफ्ले (साइनो समाचारदाता)/ पथरी, २२ फागुन
यतिबेला मोरङकाे पथरी शनिश्चरे ८ मंगलबारेका किषनहरु चिन्तित रहेका छन । मंगलबारेका किषनहरुका गोठमा पालेका गाई बस्तुमा खोरेत रोग लागे पछि किसान चिन्तित बनेका हुन । ३ दिन देखि पसुमा एक्का एक ज्वरो आउने, हात खुट्टा र मुखमा घाउ देखिने र खोले नखाए पछी किषान चिन्तित बनेका हुन ।

पशुमा खोरेत रोगको लक्षण देखिए पछि किषाने वडामा खबर गरि उपचार सुरु गरेका छन् । पथरीशनिश्चरे ८ का वडाध्यक्ष नबिन कार्कीकाे सहयोगमा हिजो मंगलबार दिउसोबाट उपचार सुरु भएको हो । पशुमा खोरेत रोगको लक्षण देखिए लगतै वडाध्यक्ष कार्की मंगलबारे स्थित किसानका गोठ गोठमा पशु चिकित्सक र प्राबिधिकको टोलीले सहित पुगेका छन ।
गोठमा पुगेका वडाध्यक्ष कार्कीले किसानका समस्या सुनि तत्काल नगरको पशुपन्छी शाखाका प्रमुख डा सबल पोख्रेल सहितको टोलीलाई रोग फैलिएको क्षेत्रमा पुर्याएका थिए । पशु चिकित्सक र प्राबिधिकको टोलीले रोगी पशुको नमुना संकलन गरेर बिराटनगर स्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाएई रोगको पहिचान गरेको पथरी शनिश्चरे नगरका पशुपन्छी शाखाका प्रमुख डा सबल पोख्रेलले बताउनु भयाे ।
रोगी पशुबाट थप क्षती नहोस भनेर बुधबार बिहानैबाट खोरेत बिरुद्धको खोप हान्न थालिएको छ । आसपासका पालिएका सुचना गरिएको र रोग फैलिएको नदिन उत्त स्थानमा र सो क्षेत्रको ३ किलोमिटर आसपासमा खोरेत बिरुद्धको खोप हानिएको पथरी शनिश्चरे वडा नं ८ का वडाध्यक्ष नविन कार्कीले बताउनु भयो । पशुमा रोग देखिए पछि उत्त रोगका बारेमा र खोरेत रोग बिरुद्ध किसानलाई सचेतना समेत दिन थालिएको वडाध्यक्ष कार्कीको भनाई छ ।
















