साइनो समाचारदाता/ पथरी, १४ माघ
झापाबाट भरतपुर हिडेको बस मोरङ पथरी शनिश्चरेमा दुर्घटना भएको छ । ना ६ ख ४११ नम्वरको शुभ लक्ष्मी यातायात १४ गते आईतबार साँझ ६ बजेको दुर्घटना भएको हो ।

दुर्घटनामा कुनै पनि मानब्य क्षति भएको छैन । बसमा १३ जना यात्रु रहेका थिए । ७ जनालाई सामान्य चोटपटक लागेको छ । उनिहरूको उपचार पथरी अस्पतालमा भैरहेको ईलाका ट्राफिक कार्यलय पथरीका ईन्चारज विर बहादुर कार्कीले जानकारी दिएका छ । पुर्वबाट आएको बसले उत्तरबाट राजमार्ग प्रबेस गरेकी स्कुटर चालक महिलालाई बचाउने क्रममा अनियन्त्रित भै सडक पेटिमा खसेको थियो ।
दुर्घटना बसमा झापा, भरतुर र आसामबासी नेपालीहरु रहेका छन । दुर्घटनामा परेका सबैलाई नेपाल प्रहरी, सस्त्र प्रहरी र स्थानियले उद्घार गरेका थिए । उनिहरु पथरी प्रहरीको निगरानिमा रहेको छान ।

















