साइनो समाचारदाता, पथरी/ पुस २१
मोरङ पथरी शनिश्चरे १ सुकुम्बासीका क्यान्सर पिडित १८ बर्षका किशोर राजेश राईको उपचारमा सहयोग जुट्न थालेको छ । लर्ड बुद्ध साकोसमा स्थापना भएको स्वर्गीय कूलप्रसाद भट्टराईको स्मृतिबाट दश हजार सहयोग जुटेको हो । छोरा इन्द्रप्रसाद भट्टराईले स्थापना गरेको अक्षय कोषबाट उपचार अभावमा रहेका क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग जुटेको हो ।

इन्द्रप्रसाद भट्टराईले आर्थिक अभावले क्यान्सर रोग बुबा गुमाएको कारण कोहि पनि आर्थिक अभावले उपचारबाट बन्चित नहुनु भनि १ लाख रूपैयाँको अक्षय कोष स्थापना गर्नु भएको छ । लर्ड बुद्ध साकोसले उत्त कोषबाट प्रतयेक बर्ष एक जना विरामीलाई उपचार खर्च सहयोग गर्ने गरेको सचिव महेन्द्र ढुङगानाले बताउनु भयो ।
पथरी शनिश्चरे १ सुकुम्वासीमा बसोबास गर्दै आएका राजेश पञ्चायत मा विका जेहेन्दार छात्र हुन । ६ महिना अगाडी देखि उपचारको अभावमा घरमै बसेका राजेशको समाजसेवी धनकुमार तामाङले सहयोग संकलन सुरु गरेका छन ।
उपचारका लागि डाक्टरले भरतपुर क्यान्सर अस्पताल जानु भने पनि आर्थिक अभावले उपचारमा समस्या भएको परिवारको भनाई छ । सबैको सहयोग भए सानो उमेरको पढाईमा अब्बल भाईको उपचार संभव हुने भएकाले लर्डबद्ध साकोसले उपचारमा सहयोग जुटाएको ब्यवस्थापक गणेश बाछान्ना राईले बताउनु भयो ।

साकोसले कोषका संरक्षक छोरा इन्द्रप्रसाद भट्टराई सहित क्यान्सर पीडित राईको घरमै गई नगद १० हजार रुपैयाँ सहयोग गरेको छ । यस अघि उत्त कोषले १५ वर्षीय बालक अमिर माझी, पथरी शनिश्चरे ८ का हर्क बहादुर माझीको उपचारमा सहयोग उपलब्ध गराएको छ । कम्जोर आर्थिक अवस्था भएका राईको उपचारका लागि सबैले सकेको सहयोग गर्न कोषका संरक्षक इन्द्रप्रसाद भट्टराईले अनुरोध गर्नु भएको छ ।
इच्छुक सहयोगी महानुभावहरुका लागि एन एम वी बैकमा रहेको खाता नं. ०५६०१६९७०६१०००१४ मा सहयोग गर्न सक्नु हुन्छ ।
















