साइनो समाचारदाता / पथरी, १४ मंसिर
मंसिर १२ देखि अवरुद्ध भएको मनमोहन गान्घि मार्गको काम सुरु भएको छ । स्थानियको चर्को विरोध वडाध्यक्षको समर्थन र मेयरको पहलमा मनमोहन गान्धी मार्गको काम सुरु भएको हो । वडाध्यक्षको पहलमा बन्द भएको मनमोहन गान्धि मार्ग खुलाउन वडाध्यक्ष नै अघि सरेका थिए । वडाध्यक्षको पहलमा स्थानिय र ठेक्केदार कम्पनी कान्छाराम कन्ट्रक्सनका प्रतिनिधी बिच ४ बुदे सहमनी पछि मंसिर १४ गते बाटो खोलिएको थियो ।

उत्तबाटो चाडो सम्पन्न गर्न पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापो सरकारलाई पटक पटक ध्यानाकर्षण गर्दै आउनु भएको थियो । नगर प्रमुखले कार्तिक २५ गते पथरी शनिश्चरे ४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शिलान्यास कार्यक्रममा मुख्य मन्त्रि केदार कार्कीलाई उत्तबाटोको लागि पहल गर्न अनुरोध गर्नु भएको थियो ।
वर्षदेखि अलपत्र रहेको मनमोहन गान्धी मार्ग र पथरी डायनिया सडक खण्डले पुर्णता नपाएकाले जनताले सास्ति बेहोर्नु परेको भन्दै जानकारी गराउनु भएको छ । बाटोको अलपत्र काम चाडो पुरा गर्न स्थानीय सरकार, प्रदेश र सघिय सरकारले हाते मालो गर्न अनुरोध गर्नु भएको थियो । भारतको सिक्टीबाट सुनवर्षी नगरपालिका, पथरी शनिश्चरे हुँदै मिक्लाजुङ पाँचथर जोड्ने सडकको निर्माण कार्यमा पनि चासो राखिदिन अनुरोध गर्नुभयो ।

नगर प्रमुखको आग्रह अनुरुप मुख्य मन्त्रि कार्कीले जिल्ला प्रसासन कार्यलय मोरङलाई उत्तबाटोको काम चाडो सुरु गर्न बातावरण अघि बढाउन निर्देशन दिनु भएको थियो । जिल्ला प्रसासन कार्यलय मोरङमा मंसिर ११ गते ठेक्केदार कम्पनी कान्छाराम कन्ट्रक्सन विच अलपत्र बाटोको काम एक हप्ता भित्र सुरु गर्ने सहमती गरेको थियो ।
समयमै बाटो नबनेको र ठेक्केदार कम्पनीले पटक पटक धोका दिएको कारण स्थानियले समस्या भोगेकोले उत्तबाटोमा पर्ने वडाका वडाध्यक्षहरुले बाटो बन्द गर्ने ध्यानाकषण पत्र सार्वजनिक गरेका थिए । ध्यानाकषण पत्र निकाल्ने पथरी शनिश्चरे ४ का वडाध्यक्ष लोक किरण न्यौपाने, ८ का नविन कार्की र ९ का विरवाहादुर राई, ठेकेदार कम्पनिका प्रतिनिधी दिपक थिङ तामाङ, ईलाका प्रहरी कार्यलय पथरी, सस्त्र प्रहरी शनिश्चरे र स्थानियको ३ घण्टा लामो छलफल पछि बाटो खोल्ने सहमती भएको हो ।

त्रिपक्षिय बार्ताबाट २ दिन भित्र बाटोमा पानी हालेर काम सुरु गर्ने सहमति पछि बाटो खुलिएको थियो । अलपत्र बाटोका कारण ५/६ बर्ष देखि स्थानीय सर्वसाधारणले बर्खामा हिलो र हिउँदमा धुलोको समस्या खेप्दै आउनु परेको छ । २०७६ कार्तिकमा ३ बर्षमा काम सम्पन्न गर्ने गरि कान्छाराम कन्ट्रक्सनले कामको जिम्म लिएको थियो ।

१ अर्व ५५ करोड ७३ लाखमा ठेक्का लिएको कान्छाराम कन्ट्रक्सन कम्पनीले सरकारको ठिला सुस्तिका कारणा काममा अवरोध आएको बताएको छ । काम समयमै सम्पन्न नभए पछि २०८० कार्तिकमा म्याद थप गरे थियो । थप समयमा पनि काम सुरु नभए पछि स्थानियले बाटो अवरुद्ध गरि विरोध गरेका थिए ।
















