साइनो समाचारदाता / पथरी, १४ मंसिर
मंसिर १२ देखि अवरुद्ध भएको मनमोहन गान्घि मार्ग आजबाट खुलेको छ । वडाध्यक्षको पहलमा बन्द भएको मनमोहन गान्धि मार्गको अवरोध वडाध्यक्षकै पहलमा आज खोलिएको हो ।

३ बर्षमा काम सम्पन्न गर्ने गरि २०७६ कार्तिकमा कान्छाराम कन्ट्रक्सनले कामको जिम्म लिएको थियो । काम समयमै सम्पन्न नभए पछि स्थानियले पटक पटक दवाव दिदै आएका थिए । २०८० कार्तिकमा म्याद थप गरे पनि काम सुरु नभए पछि स्थानियले बाटो बन्द गरेका अवरुद्घ गरेका थिए ।

१ अर्व ५५ करोड ७३ लाखमा ठेक्का लिएको कान्छाराम कन्ट्रक्सन कम्पनीले स्थानियको माग अनुसारकाम सुरु गर्ने भएको छ । स्थानियले पथरी शनिश्चरेको ३ स्थानमा ढाट लगाएर बन्द गरेका थिए । आन्दोलीत स्थानिय बासिन्दा, प्रहरी प्रसासन, ठेक्केदार कम्पनिका प्रतिनिधी र वडध्यक्ष विचको बार्ता पछि बाटो खोलिएको हो ।

लामो समय देखि हिलो, धुलो र खल्डा खुल्डिबाट आजित बनेका स्थानियले चाडो बाटो बन्नु पर्ने माग राखि बाटो बन्द गरेका थिए । बन्ने क्रममा बाटोमा पानी हालेर काम गर्नु पर्ने माग राखेका थिए । आज त्रिपक्षिय बार्ताबाट २ दिन भित्र काम सुरु गर्ने सहमति पछि बाटो खुलिएको छ ।

बाटो चाडो नबने बन्द गर्ने ध्यानाकषण पत्र सार्वजनिक गर्ने पथरी शनिश्चरे ४ का वडाध्यक्ष लोक किरण न्यौपाने, ८ का नविन कार्की र ९ का विरवाहादुर राई, ठेकेदार कम्पनिका प्रतिनिधी दिपक थिङ तामाङ, ईलाका प्रहरी कार्यलय पथरी, सस्त्र प्रहरी शनिश्चरे र स्थानियको ३ घण्टा लामो छलफल पछि बाटो खोल्ने सहमती भएको हो ।

















