साइनो समाचारदाता/पथरी, १२ मंसिर
नेपाली काङग्रेस पथरीशनिश्चरे ८ वडा कार्यसमितिले कोशी प्रदेशका वन,बाताबरण तथा भु–संरक्षण मन्त्री स्व. श्री शेखर चन्द्र थापाको वार्षीक पुण्य तिथिको अवसरमा दिप प्रज्वलन गरेको छ । स्वर्गिय थापा नेपाली काङग्रेसबाट मोरङ ३ क मा चुनाव जित्दै कोशी प्रदेशको वन,बाताबरण तथा भु–संरक्षण मन्त्रि रहनु भएको थियो ।

वार्षीक पुण्य तिथिको कार्यक्रममा बोल्दै पुर्ब वडाध्यक्ष तथा नेपाली काग्रेंस मोरङ क्षेत्र न. ३ (क) का प्रदेश उपाध्यक्ष बाबुराम दाहलले नेपाली काग्रेंसले मोरङको एक सादगी र साहासी नेता गुमाएको बताउदै थापाबाट काग्रेसले धेरै पाठ सिक्नु पर्ने बताउनु भयो । नेपाली काग्रेंसलाई न्याय गर्ने नेतालाई काग्रेसले सधै भरि संझिरहने उहाँको भनाई छ ।
गृह नगरले मोरङको पथरीशनिश्चरे ८ मा एक कार्यक्रमको आयोजना गरि स्व. थापालाई संझिएको छ । सो सभामा मोरङका नेतागणले थापाको तस्बिरमा फुल, अबिर आर्पण गरिएको संझिएका छन् । स्मृति कार्यक्रममा नेपाली काङग्रेस वडा कार्यसमिति भातृ संघ, शिक्षक संघ ,तरुण दल, महिला संघ, किसान संघ , ने.बि.संघ र वडाबासीको बाक्लो उपस्थित रहेको थियो ।
सो सभामा वडा कार्य समितिका सभापती टिकाराम खड्का, सचिव राजकुमार बस्नेत, नेपाली काङग्रेश महासमिती सदस्य तुलसा याख्खा, पुर्ब वडाध्यक्ष तथा क्षेत्र न. ३ (क) का प्रदेश उपाध्यक्ष बाबुराम दाहल, प्रदेश अधिबेशन प्रतिनिधि तथा ने बि संघ केन्द्रिय सदस्य नवीन केडि तगायतका नेता कार्यकताको सहभागिता रहेको थियो।

















