साइनो समाचारदाता, ९ मंसिर/मोरङ पथरी शनिश्चरेका पुर्व गाविस अध्यक्ष तथा समाजसेवी स्व. तिलक वान्तावा राईको तेस्रो पुन्य तिथीमा शैक्षिक सामाग्री सहयोग प्रदान भएको छ । मोरङ मिक्लाजुङ-१, को टाँडी मा.वि.का ८१ विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरिएको हो ।

राई कि धर्मपत्नी विष्णु वान्तावा राई, छोरा सुमन, दिपकले कक्षा नर्सरी देखि कक्षा-१२ सम्मका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई सहयोग हस्तान्तरण गर्नु भएको हो । वान्तावा परिवारले विद्यालय र विद्यार्थीका लागि शैक्षिक सामग्री, जाडोमा न्यानो कपडा र विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गर्नु भएको हो । वान्तावाले उक्त विद्यालयमा अक्षराम्भ गरी प्राथमिक तहसम्म अध्ययन र अध्यापन पनि गर्नु भएको थियो ।
















