पथरी समाचारदाता/ कात्तिक २२, प्रत्येक बर्ष हुदै आएको सिम्रिक दिपावली साँझ यो बर्षा पनि हुने भएको छ । प्रत्येक बर्ष नेपालीहरुको महान पर्वमा सस्कृतीको जगेणा गर्ने उदेश्यले दिपावली मनाउदै आएको सिम्रिक एफ एमले याे बर्ष लोक तथा संस्कृतीक गायक शम्भु राईलाई ल्याउने भएको छ ।

रेडियो सिम्रिकको आयोजनामा यही कात्तिक २५ गते शनिबार ‘यामाहा सिम्रिक दिवापली साँझ २०८०’ हुनेभएको छ । सो कार्यक्रममा लोक संस्कृति झल्किने स्थानीय कलाकारहरूको नृत्य तथा गायन हुने र मुख्य आकर्षणको रुपमा चर्चित गायक शम्भु राईले प्रस्तुति दिने आयोजकका अमिर राईले जानकारी दिनुभयो । यसैगरी गायकहरु रबिन कन्दङ्वा, नन्दु गुरुङ, विरध्वज शिवा र टेलिसिरियल ‘दोबाटे’कोे विशेष प्रस्तुति रहने आयोजकले बताएको छ ।
पथरी रत्नचौकमा हुने सो कार्यक्रमको ब्रान्ड टाइटल पी.एम.सी. अटो टेडर्स प्रा.लि. रहेको छ । क्षितिज मिडिया प्रा.लि. ले हरेक वर्ष यो कार्यक्रम गर्दै आइरहेको छ । दिपावलीको अवसरमा पथरीमा सिम्रिक एफ एमले भव्य सांगीतिक कार्यक्रम गदै आएको छ ।
















