साइनो समाचारदाता/पथरी, २० कार्तिक
पथरी शनिश्चरेका ३ कराते खेलाडी “७ औं दक्षिण एशियाली कराते प्रतियोगिता” को राष्ट्रिय छनोट चरणमा प्रबेश गरेका छन । कार्तिक १९ र २० गते सुनसरीको धरानमा भएको छनोट खेलमा कोसी प्रदेशबाट पथरी कराते एकेडेमिका खेलाडी ३ खेलाडी छनोट भएका हुन ।

ललितपुरको सातदोबाटो कराते एकेडेमिमा कार्तिक २१ देखी २३ गते सम्म ७ औं दक्षिण एशियाली कराते प्रतियोगिताका लागि छनोट खेल हुने तयारी छ । उत्त छनोटका लागि कोसी प्रदेशबाट पथरी कराते एकेडेमिका निश्चल डागि, आइशा राई र बिश्व लिम्बु छनोट भएका हुन ।
निश्चल ४५ के.जि तौल समुहमा प्रथम, आइशा ६० के.जि तौल समुहमा प्रथम र बिश्व लिम्बु ६० के.जि तौल समुहमा प्रथम हुदै राष्ट्रिय छनेट प्रतियोगिताका लागि छनोट भएका हुन । कोसी प्रदेशबाट छनौट हुनु खेलाडिहरुले कार्तिक २१ गते देखि २३ गते सम्म काठमान्डौंमा संचालन हुने रास्ट्रिय छनौट खेलमा सहभागि भई प्रतिसप्रधा गर्ने छन् । राष्ट्रिय छनौट खेलका च्याम्पीयन खेलाडिहरुले आ आफ्नो तौल समुहमा “७ औं दक्षिण एसियालि कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

पथरी नगरलाई जिल्ला, प्रदेस हुदै राष्ट्रिय स्तरमा समेत कराते खेलले चिनाई सकेको पथरी कराते एकेडेमिका कराते प्रशिक्षक सुरेन्द्र तुम्वापोले बताउनु भयो । तुम्वापोले आफुले रात दिन नभनी प्रशिक्षण गरेको खेलाडीहरुले दिएको सफल्ताले खुसी मिलेको बताउनु भयो । कोसी प्रदेशबाट छनोट भएका खेलाडीहरुलाई शुभकामना दिदै मोरड जिल्ला कराते संघका अध्यक्ष चन्द्र पराजुलीले पथरी शनिश्चरे नगरका खेलाडीले आउने दिनमा अन्तराष्ट्रिय स्तरमै नेपालको नेतृत्व गर्दै पहिलो स्थान हासील गर्न लागि परेको बताउनु भयो ।
















