बेलबारी/ कार्तिक १९, बुद्ध एयर तथा आरजु राईस मिलले जाजरकोट भुकम्प पिडितका लागि एक करोड र १० टन ५०० बोरा चामल सहयोग गर्नुभएको छ । बुद्ध एयर तथा बेलबारी – ९, डाँगिहटमा रहेको आरजु राईस मिलका संचालक बिरेन्द्र बहादुर बस्नेतले जाजरकोटमा शुक्रबार राती गएको बिनासकारी भुकम्पमा भएको मानवीय र भौतिक क्षतिको उद्धार गर्न नगद र राहात सहयोग गर्नु भएको छ । बस्नेतले बुद्ध एयर मार्फत नगद रु. एक करोड र आरजु राइस मिलबाट १० टन ५०० बोरा चामल सहयोग गर्नुभएको हो ।

















