अर्जुन काफ्ले/ पथरी, २५ असोज, पथरीशनिश्चरे नगरभित्रका क्रिकेट खेलाडीको स्तरवृद्धि र नयाँ प्रतिभाको पहिचानका लागी सुरु गरिएको लिगका तिन संस्करण भन्दा धेरै चर्चा चौथो संस्करणले पाउन थालेको छ । पथरीशनिश्चरे भित्रका विभिन्न ७ फ्रेन्चाइज टिमको सहभागीता रहेको लिगको उपाधी भित्राउने दायमा टिमहरु रहेका छन। तिन वाटै लिगको फाइनल खेलेको सातवाघ तेश्रो पटक उपाधी जित्ने दौडमा छ । पहिलो संस्करण देखी क्लवमा रहेका अनिस लुइटेललाई यस पटक पनि टिमले रिर्टन गरेको छ । लुइटेल वाहेक वलर आस्विन महत समेत टिममा छन् ।

अघिल्लो संस्करणको फाइनलमा जादुमयी वलिङ्ग कला देखाएर सवैको मन जितेका महत प्रदेश स्तरिय उमेर समुहका खेलाडी हुन् । त्यसो त टिमले पवन जैसवाल,पुकार राई,सिद्धार्थ धिमाल लाई पनि यो सस्करणका लागी अनुवन्धन गरेको छ । उनीहरुले दुवै लिगको उपाधी जित्दा टोलीको साथमा थिए । वाहिरका खेलाडीलाई समेत सहभागीता गराउन थालेपछि यस पटक टिमले लिगकै महगो खेलाडीका रुपमा फिर्दाैस अन्सारीलाई टिममा भित्राएको छ ।
टोलीलाई फाइनल सम्म पुग्नु पर्ने चुनौती छ तर तनाव लिएर नखेल्ने टिमका कप्तान पुकार राई बताउछन् ।विदेशमा रहेका साथीभाइ र क्रिकेट प्रेमीले पठाइदिने आर्थिक साहयता नै टिमको प्रमुख आम्दानी हुनेछ । क्रिकेट वुझेका खेलाडीलाई निरन्तर प्रशिक्षण गराउने र प्रतिभा अनुसार मैदानमा प्रयोग गर्दैै आएको सातवाघले सफलता प्राप्त गरिरहेको छ ।
अनुसासनको कडीमा खेलाडीलाई राख्न सक्नु र आर्थिक मितव्यायी वन्नु नै टिमको
मुख्य सफलताको पक्ष हो । गत वर्ष १ लाख १० हजार खर्च गरेको टोलीले उपाधी यस पटक त्यहि हाराहारीमा वजेट अनुमान गरेको छ । अनिस लुइटेल लिगकै सफल खेलाडी हुन उनी टोलीका खेलाडीका रुपमा नभइ मेन्टरका रुपमा पनि काम गरिरहेका छन । देशका विभिन्न क्रिकेट क्लववाट आफ्नो प्रतिभा देखाइसकेका लुइटेलले खेलको नतिजालाई परिर्वतन गर्ने खुवि राख्छन् ।
पिएसपिएलमा सफल मानिएको सातवाघलाई उपाधी जित्ने चुनौती त छदै छ त्यस माथी खेलमा प्रभाव पार्नु पनि लक्ष्य रहेको छ ।
















