रबिन्द्र बराल, रंगेली /असाेज २०, रंगेली स्थित मिनिल्याण्ड ईङ्गलिश बोर्डिङ्ग स्कूलले करियर एण्ड लिडरशिप डेभलपमेन्ट कार्यशाला गाेष्टी सञ्चालन गरेको छ । जीवनमा आउने उतार चढाव लाई सहजै स्वीकार गरि जीवन जीउनु पर्छ भन्ने अनेकन जीवन भोगाइका बारेमा अनुभूतिहरु सुनाईएको थियो ।

सञ्चारकर्मी अभिमुकर्ता रुपेश श्रेष्ठलाई बिधालय ले आमन्त्रण गरेर बिधार्थि हरु लाई एक दिने नेतृत्व लिने कुरा वाट कहिल्यै पछि पर्नु हुँदैन भनि बिधार्थीमा उत्प्रेरणा जगाउने प्रयास गरिएको थियो। बिधालयका कक्षा १० एघार र बाह्रका गरि २सय ५० भन्दा बढि विधार्थी हरुको सहभागीता मा उक्त कार्यक्रम गरिएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी लगायत काे समेत उपस्थिति मा कार्यक्रम गरिएको थियोे । विधालय ले मासिक रुपमै यस्तै कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि देश विदेशमा ख्याति प्राप्त व्यक्तित्व हरु संग विधार्थीको साक्षात्कार गराउने प्रयास विधालयले गरिरहने विधालयका प्रधानाध्यापक विकर्ण कार्कीले बताए ।
















