कानेपोखरीको भलुवा सिमसार अलपत्र - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कानेपोखरीको भलुवा सिमसार अलपत्र

साइनाे समाचारदाता/पथरी, २९ साउन  । मोरङको कानेपोखरी गाउँपालिकाको वडा नं ७ स्थित शुक्रबारेमा रहेको भलुवा सिमसारको निर्माणकार्य अलपत्र परेको छ । सिमसारलाई पूर्वी क्षेत्रको नमूना पर्यटकीय गन्तव्यस्थल बनाउने भन्दै २०७८ मङ्सिर ७ मा तत्कालीन गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले शिलन्यास गरेका थिए।

उक्त सिमसारको विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु पाँच करोड विनियोजन गरिएको थियो । केही काम सुरु गरिए पनि सिमसारमा हाल निर्माणको काम ठप्प छ । सिमसार निर्माणका लागि पूर्वमन्त्री भानुभक्त ढकालले उक्त रकम उपलब्ध गराएका थिए । मन्त्रालयबाट ७० प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत व्यवहोर्ने गरी सो रकम विनियोजन गरिएको थियो ।

सिमसारमा दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी रु तीन करोड ६५ लाख ९८ हजार आठ सय ७० मा स्काई सएस मुटुयल जेभीले ठेक्का लिएकामा हालसम्म ४० प्रितिशत पनि निर्माण सम्पन्न्न भएको छैन । सिमसारका लागि पहिलो र दोस्रो गरी दुई किस्तामा रु ५७ लाख ९० हजार दुई सय ६० निकासा भएको गाउँपालिकाले जनाएको छ ।

पालिकाकी अध्यक्ष राजमती इङनामले वन क्षेत्रभित्र पर्ने भएकाले र केन्द्रबाट बजेट नआएका कारण काम रोकिएको बताईन । वनले कार्ययोजना बनाएपछि काम फेरि छिट्टै सुरु हुने उनको भनाइ थियो । केन्द्रीय सरकारबाट बजेट आउने भएका कारण गाउँपालिकाले यसवर्ष भलुवा सिमसारका लागि बजेट नछुटाएको अध्यक्ष इङ्नामले बताए ।

करिब दुई वर्ष वितिसक्दा पनि भलुवा सिमसारको काम आधा पनि नभएको वडानं ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले बताए । ठेकेदार कम्पनीले दुई वर्षभित्र काम सम्पन्न हुने गरी काम सुरु गरेको उनको भनाइ थियो ।

सिमसारमा पोखरी सफाइ, कलभर्ट निर्माण, पैनीमा क्यानल निर्माण र घेराबारालगायत आधा काम सम्पन्न भएको वडाध्यक्ष अधिकारिले बताए । यता सिमसार संरक्षण र सम्बद्र्धनका लागि लाखौं बजेट निकासा भए पनि सिमसारको उन्नति र प्रगति नभएको स्थानीयवासी सन्तोष लिम्बको गुनासो थियो । पालिकाले चासो नदिएको र पहल नगरेका कारण भएको संरचना पनि लथालिङ्ग अवस्थामा पुगेको उनको भनाइ थियो । सिमसारको कामका लागि आएको बजेट बालुवामा पानी बराबर भएको र बजेट तथा समयअनुसार आदि पनि काम नभएको स्थानीयवासी दीपा रोक्काले बताए ।

ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र रहेको करिब १४ हेक्टर जमिनमा सिमसार फैलिएको छ । पूर्व–पश्चिम राजमार्गको कानेपोखरी चोकदेखि करिब तीन किलोमिटर दक्षिणमा रहेको सीम तथा जलाधार क्षेत्रमा सिमसार रहेको छ । वन्यजन्तुको लागि सानो चिडियाखाना, टि हाउस, वनभोज स्थल, कटेज, स्वागत द्वार, कल्भर्ट, शौचालय, विश्रामस्थल, पाले बस्ने ठाउँ, पोखरी विस्तार, पोखरीको बीचमा पुल निर्माण, सभाकक्षसहितको पाहुना बस्ने घरजस्ता संरचना निर्माण गर्ने भनिएको थियो ।

अहिलेसम्म भनिएका आधा काम पनि सम्पन्न भएको छैन । उतिखेर तत्कालीन वन समितिका अध्यक्ष हरि पौडेलले उक्त सिमसार क्षेत्रलाई वनको भावी कार्ययोजनामा समेटी १० वर्षमा पूर्वकै प्रमुख पर्यटकीयस्थल बनाउने घोषणा गरेका थिए ।

सिमसार तथा जलाधार क्षेत्रबाट निस्किएको पानीले कानेपोखरीको वडा नं ४, ६ र ७ सम्म करिब एक हजार बिघाभन्दा बढी जमिनमा सिँचाइ हुँदै आएको छ ।

सम्बन्धित खवर