सरोज निरौला
पथरी असार ११ – मोरङको पथरीशनिश्चरे नगरपालिकाले १३ औं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
आज सोमबार पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत गत असार १० गते नगरसभाबाट पारित भएको नगरको नीति, कार्यक्रम तथा बजेटबारे जानकारी दिईएको हो ।
आर्थिक वर्ष २०८० र ०८१ का लागि नगरपालिकाले ७१ करोड १७ लाख ४१ हजार ८ सय बजेट सर्वसम्वत रुपले पारीत गरेको छ । नगरसभाले गरेका निर्णय प्रस्तुत गर्दै वडा नम्बर ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता नविन कार्कील गत आर्थीक बर्षको तुलनामा यो बर्ष नगरलाई संघीय तथा प्रदेश सरकार बाट चालु आर्थीक बर्षमा प्राप्त हुने सशर्त अनुदान,समपुरक अनुदान र विषेश अनुदानमा १० दशमलव ८३ प्रतीसत कटौती गरी बजेट सिलीङ प्राप्त भएको जानकारी गराउनु भएको थियो ।
यस बर्ष नगरले घर विहिन हरुको लागी घर निर्माण गर्ने, १२ सय गरीब परिवारको लागी नि शुल्क स्वास्थ्य विमा गर्ने , नगरका विद्यालयमा अध्ययनरत प्राविधिक फाँटका विद्यार्थीलाई शैक्षीक ऋण उपलब्ध गराउने,विपन्न नागरीक सँग उपमेयर कार्यक्रम सञ्चालन गर्ने, पथरी बहुमुखी क्यामपस सञ्चालनका लागी अनुदान व्यवस्थापन गर्ने लगायतका कार्यक्रम रहेको बताउनुभएको थियो ।
पत्रकार संम्मेलनमा बोल्दै नगर प्रमुख मोहन प्रसाद तुम्वापोले आर्थिक वर्षमा नगरको स्थानीय स्रोतबाट ४ करोड १७ लाख संकलन भएको जानकारी दिनुभयो । यो बर्ष आर्थीक संकटले सोचेको जस्तो बजेट प्राप्त गर्न नसके पनि स्थानिय आम्दानीका स्रोतबाट जम्मा हुने बजेटलाई सहि ठाँउमा सदुपयोग गर्दै अगाडि बढ्ने बताउनु भएको थियो ।
यस्तै न्यायीक समितिले यो बर्ष १ सय ६६ मुद्धा मध्ये १ सय ४४ वटा फर्सौट गरेको छ भने २२ वटा मुद्धाको सुनुवाई हुन बाँकी रहोको बताइएको छ ।
नगर सभामा भएका निर्णयहरु




















