मोरङको उर्लाबारीका सञ्चारकर्मी पुजन दासलाई निर्घात रुपमा कुटपिट गरेको आरोपमा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका १० का ४० का शिव कार्की र सोही ठाउँका ३८ वर्षीया राजेश कार्कीलाई प्रहरीले आज पक्राउ गरेको हो ।सञ्चारकर्मी दासलाई जेठ २८ गते २ बजे रतुवामाई नगरपालिका १० सोमबारे स्थित कार्की वर्कसपमा मोटरसाईकल मर्मतको लागि आएको बेला उनीहरुले कुटपिट गरेका थिए । दासलाई कुटपिट गरेपछि उनीहरु फरार भएका थिए । फरार भएका उनीहरुलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई प्रहरीले बुधबार जिल्ला अदालत मोरङमा ज्यान मार्ने उद्योग कसूरमा तीन दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको छ ।
















