मोरङको कानेपोखरी स्थित पर्ल एकेडेमी इंग्लिश स्कूलले विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

पर्ल एकेडेमी इंग्लिश स्कूलका संस्थापक स्वर्र्गीय डम्बर सिंह गुरुङको पचासौँ स्मृति दिवसको अवसरमा विद्यालयले विद्यार्थीहरुलाई सम्मान गरेको हो । विद्यालयले शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षामा ४ जीपिए ल्याई उतीर्ण हुनु हने कक्षा नर्सरी देखि कक्षा ९ सम्मका जम्मा १ सय १५ जना विद्यार्र्थी तथा विभिन्न विधामा उत्कृष्ट हुने जम्मा १९ जना विद्यार्थीहरुलाई सम्मान पत्र, तथा यसै शैक्षिक सत्र २०८० मा यसै विद्यालयमा नयाँ भर्ना हुनु भएका जम्मा ७० जना विद्यार्थीहरुलाई खदा ओडाएर सम्मान गरेको हो ।

विद्यालयकी निर्देशक मनकुमारी गुरुङको सभापतीत्व, विद्यालयका निर्देशक केदार धिमालको प्रमुख आतिथ्यता, विद्यालयका प्रिन्सिपल फडिन्द्र अधिकारी र संयोजक टिका ढकालको विशिष्ट अतिथ्यतारहेको कार्यक्रममा विद्यार्थीहरुले नृत्य गीत लगायतका मनोरञ्जनात्मक प्रस्तुती देखाएका थिए । विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका,विद्यार्थी लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका मेनुका पौडेलले गर्नुभएको थियो ।

















