पथरी । साविक पथरी गाँउ पञ्चायतका प्रधानपञ्च संस्थापक जनप्रतिनिधी कृष्णबहादुर सुब्बाको निधन भएको छ ।
२०३९ सालमा प्रधानपञ्च निर्वाचित भएका सुब्बाको बुधबार निधन भएको हो । पथरी गाउँ पञ्चायत बनाइए पश्चात २०३९ बैसाख ३१ गतेको निर्वाचनबाट सुब्बा प्रधानपञ्चमा निर्वाचित भएका थिए । २००५ साल साउन ६ गते इलाममा जन्म भएका सुब्बाको २०८० बैसाख २२ काठमाण्डौंमा निधन भएको हो । पञ्चायत शासनको अन्त्य भए पश्चात पथरीबाट बसाई सरेका थिए ।
















