राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले बेहोर्नु पर्छ - गगन थापा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले बेहोर्नु पर्छ – गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले बेहोर्नुपर्ने बताएका छन्।

नेपाल ट्रेड युनियन काँग्रेसले सोमबार १३४ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च बेहोर्नुपर्ने बताएका हुन्।

​महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्चपदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र सर्वसाधारणले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने बताए।

उनले भने‚ ‘हामीले संसदबाट एउटा कानून बनायौँ। गणतन्त्र भनेको दुई खालको नागरिकहरु हुँदैन भन्यौँ। सबै समान हुन्छ भन्यौँ। त्यसैले गणतन्त्र नेपालमा हेर्दा सानो कुरा देखिन्छ। नेपालको राष्ट्राध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री वा ठूलो मान्छे भनौँ न अस्वस्थ भयो, बिरामी भयो भने उसको उपचार राज्यको कोषबाट, जनताले तिरेको करबाट बाहिर लगेर उपचार गर्ने। अनि उसको उपचार खर्च जनताले अथवा राज्यकोषले बेहोर्नुपर्ने तर नागरिक चाहीँ अस्पतालमा उपचार गर्दागर्दै उपचारको पैसा तिर्न नसकेर कोही हाम्फाल्नुपर्ने। अस्पतालमा गए बन्धक बन्नुपर्ने यो गलत हो‚ यो गर्न पाइँदैन भनेर संसदमा हामीले कानून बनाएका छौँ।’

उनले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ बेहोर्छु भनेर सार्वजनिक रुपमा भन्नसमेत आग्रह गरे।

भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्किएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभइ आफ्नै खल्तीबाट बेहोर्नुपर्ने थापाले बताए।

‘म सम्माननीय राष्ट्रपतिलाई यहीँबाट अनुरोध गर्न चाहन्छु, सिंगो नेपाली नागरिकको तर्फबाट अनुरोध गर्न चाहन्छु, मलाई के विश्वास छ भने यो कानूनको बारेमा उहाँलाई हेक्का छैन भन्ने मलाई लागेको छ। त्यसैले यो कानूनप्रति उहाँ सचेत रहेर यसरी उपचार गर्ने कुरा यहाँ गर्ने, बाहिर गर्ने यहाँका चिकित्सकहरुले भनिसकेपछि त्यो चिकित्सकिय कुरा हो‚’ उनले भने‚ ‘तर त्यो उपचारको खर्च, मेरो उपचारको खर्च मैले मेरो खल्तीबाट म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त। यो गणतन्त्र हो त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट बेहोर्नुपर्छ। त्यसले राष्ट्रपतिको सम्मान र विश्वास कहाँ पुर्‍याउँछरु’

महामन्त्री थापाले काँग्रेसले विगतमा निर्वाचनअगाडि अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महशुस गर्नुपर्ने बताए। उनले आगामी दिनमा पार्टीले कुनै पनि दलसँग कहिल्यै पनि गठबन्धन गर्नु नहुने पनि बताए।

उनले आगामी आर्थिक वर्षको बजेट बन्दै गरेको भन्दै बजेटमा श्रमिकहरुको न्यूनतम ज्याला पुनरावलोकनको माग राख्न ट्रेड युनियनकर्मीहरुलाई आग्रह गरे। श्रमिक अस्पताल निर्माणको माग गर्दै आन्दोलनमा उत्रिन पनि उनले श्रमिकहरुलाई आह्वान गरे।

सम्बन्धित खवर