वडासदस्य र प्रहरीको कुटाईले एक किशोरले गुमाए मानसिक सन्तुलन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

वडासदस्य र प्रहरीको कुटाईले एक किशोरले गुमाए मानसिक सन्तुलन

साइनाे समाचारदाता/ पथरी,बैशाख १४
पथरी शनिश्चरे वडा नम्बर ८ का वडा सदस्य बाबुराम चौधरीका कारण स्थानीय एक किशोरले मानसिक सन्तुलन गुमाएका छन् । कक्षा ७ मा अध्यानरत ईसान राईले वडा सदस्य र प्रहरीको कुटाईका कारण मानसिक सन्तुलन गुमाएका हुन । बैशाख ३ गते राती साथीको लहैलहैमा घरबाट निस्किएका ईसान राईलाई भोलिपल्ट इलाका प्रहरी कार्यलय पथरी शनिश्चरेमा परिवारले बुझेको थियो ।

प्रहरीले र वडा सदस्यले पानी खनाउदै कुटे पछि अचेत ईसान राई

१४ बर्षीय ईसान र ११ बर्षीय दिपेश श्रेष्ठलाई बैशाख ३ गते राती वडा सदस्य बाबुराम चौधरीको घरमा काम गर्दै आएका मुरारी विश्वकर्मा बोलाएर लगेका थिए । राति करिव १ बजे सम्म रमाइलो गरेका ईसान र मुरारी मोटर साईकल दुर्घटनामा परेका थिए । मोटर साईकल दुर्घटनामा परि अचेत बनेका ईसान र मुरारीलाई वडा सदस्य र प्रहरीले अन्धाधुन्धदा कुटपिट गरेको स्थानीय बताउछन ।


राति १/२ बजेको समयमा घर जान हिडेको हामीलाई मुरारीले बाईकमा पुर्याईदिने भन्दै वडा सदस्य बाबुराम चौधरीको मोटरसाईकल निकालेको दिपेशले बताए । वडा सदस्य चौधरीले थाहै नपाई बाईक झिके पछि हामी बाईकमा जान मानेन्उ । मुरारीको जिद्धी पछि इसान बाईकमा र म साईकलमा घर फर्कीउ दिपेशले बताए ।
मोटर बाइकमा घर हिडेका ईसान र मुरारी २ सय मिटर पर नपुगि दुर्घटनामा परे । रातको १/२ बजे दुर्घटनाको ठुलो आवाज आए पछि छिमेकीहरुले थाहा पाएर वडासदस्य र प्रहरीलाई खवर गरेको थिए । शुक्रबारेको घुमउरो बाटामा बाईक कन्ट्रोल नहुदा साईटको ठुलो नालामा बाईक सहित दुबै जना दुर्घटनामा परेका थिए । ईसान र मुरारीलाई बाइकले थिचेको र स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाबाट अचेत अवस्थामा रहेका दुबैलाई प्रहरीले र वडा सदस्यले पानी खन्याउदै कुटेको प्रत्यक्षदर्शीको भनाई छ ।
वडा सदस्य र प्रहरीले नसा सेवन गरि मोटरसाईकल चोरेको भनि अन्धाधुन्दा कुटपिट गरेको स्थानियले बताए । कुटपिटबाट पुरै होस गुमाएका राई र सामान्य चेत भएका विश्वकर्मालाई १ दिन प्रहरी हिरासदमा राखेको थियो । ४ गते विहान ईलाका प्रहरी कार्यलय पथरीबाट बोलाएको र आफ्नो भाइलाई ५ दिने तारिख र वडा सदस्यको मोटर साईकल बनाई दिने शर्तमा छोडेको दिदी मुना राईले बताइन । अचेत भएका किशोरलाई प्रहरीले पटक पटक तारिखमा बोलाएर आफ्नो ब्यात्तीगत काम लगाएको उनका साथीको भनाई छ । उनि भन्छन इसानले नसके पछि प्रहरी चौकीमा मैले पानी पेलेर सहयोग गरेको छु ।

प्रहरीले र वडा सदस्यले पानी खनाउदै कुटे पछि अचेत ईसान राई र मुरारी

घटना घटेको छैैँटौ दिन बैशाख ९ गते ईसानले बेहोसी कुरा गर्ने, अन्य व्यक्तिलाई कुटने, झम्टने, निन्द्रामा बर्बराउने, बेसुरको कुरा गर्ने, घर बाट भाग्ने जस्ता क्रियाकलाप देखाउन थालेको परिवारका सदस्यले बताए । १० गते परिवारका सदस्य र वडा सदस्य चौधरी विच किशोरलाई उपचार गर्न लैजाने सल्लह बमोजीम विराटनगरको नोबेल अस्पतालमा लगेका थिए । टाउकोमा भित्रि चोट भएका कारण आइसियुमा राखेर उपचार गर्नुपर्ने डाक्टरले सल्लाह दिएपनि आर्थिक अभावका कारण घर फर्काएको पिडितकी दिदीको भनाई छ ।

प्रहरीले र वडा सदस्यकाे कुटाई पछि अचेत रहेका ईसान राईलाई मुखबाट स्वास दिने क्रममा मुरारी

यता मोटरसाईकल चोरीको घटना भएको र भोलि पल्ट दुबै पक्ष विच मेलमिलाप भएर गएको इलाका प्रहरी कार्यलय पथरीले जानकारी दिएको छ । घटना घटेको ११ दिन बित्दा पनि वडाध्यक्ष नविन कार्कीले आफुलाई जानकारी नभएको बताए । यता वडा सदस्य चौधरी भने आफ्नो मोटरसाईकल निकालेको आवेगमा कुटपिट गरेको स्विकार गर्छन् । यता घटना नियन्त्रणमा लिएको प्रहरी चौकी कुशेचौरी शनिश्चरेमा सम्पर्क गर्दा उक्त घटनाको विषयमा जानकारी नभएको बताए । ईसानको अवस्था जटिल बन्दै गएको र स्थानियले रातिको घटनाको भिडियो खिचेका प्रमाणका कारण उपचार प्रक्रिया अघि बढेको छ ।

ईसानकाे स्वास्थमा समस्या आए पछि छलफल बस्दै 

प्रहरी र जनप्रतिनिधिको यो कृयाकलापले रक्षक नै भक्षक बनेको प्रस्ट पार्दछ । किशोरको मानसिक सन्तुलन गुमेको देख्दा कानुनको पालना गर्नुपर्ने ठाउँबाटै कानुन हातमा लिएको देखिन्छ । एक १४ बर्षे किशोर त्यसमा पनि अचेत अवस्थामा भेटेको नेपाल प्रहरी र जनताको प्रतिनिधीले परिवारलाई सम्पर्क गरी कानुनी दायरामा ल्याउनु पर्ने हो । तर यहाँ त प्रहरी र जनप्रतिनिधीबाटै जनता असुरक्षीत भएको पाईएको छ । के कानुन जनप्रतिनिधी र वर्दीवाला प्रहरीलाई छुट छ ? हैन भने घटना भएको ११ दिन वितिसक्दा पनि किन संबन्धीत निकायबाट घटना ढाकछोप गर्न लाग्छ ? के ईसानले न्याय पाउछन ? के प्रहरी र जनप्रतिनिधीले कानुनी उपचार पाउछन ? यो घटनाले कानुन सबैलाई बराबर होस भन्ने आभास पथरी शनिश्चरे नगरपालिका र नेपाल प्रहरीले दिन सक्छ ?

सम्बन्धित खवर