उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुगेपछि जमिन ढोगेका छन् ।
शनिबार बिहान मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुगेका खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्नेबित्तिकै जमिनलाई ढोगेका हुन्।
सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले कर्णाली र सुर्खेती जनताको शीर निहुरिने कुनै काम आफूबाट नहुने बताउँदै कर्णालीको माटोसँग आशीर्वाद र शुभकामना माग्नका लागि धर्ती ढोगेको बताए।
‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रुपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी बिसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शीर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्यो भन्ने जस प्राप्त गर्न सकूँ’, खड्काले भने, ‘त्यही ताकत, आशीर्वाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्ती ढोगेको हुँ।’
















