कोशी प्रदेशको नामांकनमा बिरोधमा पहिचान पक्षधरको आन्दोलनमा घाईते भई उपचारका क्रममा मृत्युवरण गरेका बेलबारी २ का पदम लिम्बू ‘लाजेहाङ’को मृत्यु भएपछि प्रदेश सरकारले घोषणा गरेको ३ लाख राहत रकम उनका परिवार र पहिचानवादी संघस्थाहरुले अस्वीकार गरेका छन ।
बिहिबार घरमै राहत रकम बोकेर पुगेका मोरङका प्रमुख जिल्ला अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी,स्थानीय जनप्रतिनिधि,सरक्षा निकायका प्रतिनिधिहरुको टोलीलाई परिवार र पहिचानवादी संस्थाहरुले फिर्ता पठाईदिएका छन । उनीहरुले सो रकम नलिने घोषणा गरेका छन ।
चैत ५ गते घाईते भएका लिम्बुको ८ गते उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकोमा उनको चैत १० गते बिहान मृत्यु भएको थियो । आन्दोलनरत पक्षले प्रतिष्ठानमै रहेको शव बुझ्न अस्वीकार गरिरहेको छ । कोसी प्रदेश सरकारले मृतक लिम्बूको परिवारलाई राहतस्वरुप ३ लाख रुपैयाँ दिने निर्णय सोमबार गरेको थियो ।
















