पथरी बहुमुखी क्याम्पस बचाउन स्ववियूमा नेवि संघको आवश्यक्ता हो : गिरिस सावाँ (स्ववियू सभापती) पथरी बहुमुखी क्याम्पस - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

पथरी बहुमुखी क्याम्पस बचाउन स्ववियूमा नेवि संघको आवश्यक्ता हो : गिरिस सावाँ (स्ववियू सभापती) पथरी बहुमुखी क्याम्पस

साइनाे समाचारदाता/पथरी, चैत्र ४,

भोलि हुने स्वतन्त्र विद्याथी यूनियनको चुनावका लागि देशभरीका आङगिक क्याम्पस र सामुदायिक क्याम्पसमा विद्याथी संगठनहरु चुनावी प्रतिस्पर्दामा उत्रिएका छन । पथरी बशुमुखी क्याम्पसमा गठबन्धन सहितको नेवि संघ र अनेरास्ववियु एक्लै चुनावी मैदानमा उत्रिएको छ । नेवि संघलाई अखिल कान्त्रीकारी र अनेरास्ववीयु (एकिकृत संमाजबादी) ले साथ दिएको छ ।

एमालेको लालकिल्ला मानिएको पथरी शनिश्चरे नगरमा काग्रेसको भात्री संगठन नेवि संघ बलियो बन्दै गएको छ । ७ बर्ष अगाडी भएको स्ववियू चुनावमा नेवी संघले पथरी बहुमुखीमा एक्लै स्ववियू जितेको थियो । उत्त चुनावमा अखिल क्रान्त्रीकारी, नेवि संघ, अनेरास्ववीयु र अखिल क्रान्त्रीकारी बैध समुह छुटाछुट्टै चुनावी मैदानमा उत्रिएका थिए ।

पथरी शनिश्चरेमा रहेको एक मात्र बहुमुखी क्याम्पसलाई बचाई राख्न नेवि संघले चुनाव जित्न आवश्यक रहेको स्ववियू सभापती गिरिस सावाँले बताए । सावाँले भने “क्याम्पस प्रमुख, शिक्षक, संचालक समिति एमालेको छ अब स्ववियूमा पनि एमालेको भात्रि संगठन अनेरास्ववीयु आए क्याम्पस बन्द हुने अवस्थामा पुग्छ” । क्याम्पस घाटामा छ, शैक्षिक गुणस्तर खस्कदै छ, निजी विद्यालय रेड स्टार माविले ब्याचलर पढाई सुरु गर्योे, क्याम्पस कर्मचारी भर्ति केन्द्र हुदै गएको छ, गरिवका छोरा छोरी पढ्ने क्याम्पसमा बर्षेनी शुल्क वृद्धी हुन्छ सावाँले बताए ।

 

सावाँको भनाईले क्याम्पस नेकपा एमालेको मिलेमहत्वोमा संचालन भएको देखिन्छ । हुन पनि क्याम्पस प्रमुख अर्जुन कुमार बुढाथोकी हुदा सम्म राम्रो छवि बनाएको क्याम्पस हाल घाटामा रहेको । पुरान लगाएर संकलन गरेको अक्षय कोष समेत धितोमा रहेको विद्याथीहरुको भनाई छ । बहुमुखीमा एमालेको बहुमत हुनु, शैक्षिक गुण्स्तर भन्दा राजनिति चल खेल हुनुले गुण्स्तरीय शिक्षा प्रदान गर्दै आएको रेडस्टार माविले ब्याचलर कक्षा संचालन सुरु गरि सकेको छ ।

सावाँले भने “क्याम्पसको चिन्ता कसैलाई छैन, तर निजी विद्यालयका शिक्षक, जनप्रतिनीधी र पार्टि आफ्नो संगठनका उमेद्वार जिताउन लागि परेका छन । क्याम्पस संचालनमा यतिकै चासो दिए क्याम्पस घाटामा नहुने र अक्षय कोष धितो राख्नु नपर्ने उनले बताए । क्याम्पसमा प्रतिपक्ष नभए क्याम्पसको शैक्षिक गुण्स्तर खस्कीने र गुण्स्तर शिक्षाका लागि निजी क्याम्पसमा जानु पर्ने बाध्यता हुन्छ । नगरको एक मात्र क्याम्पस बन्द हुने अवस्था नआउला भन्न सकिन्न । हामीले गरिव जनताका छोरा छोरी र भावि पुस्ताका लागि भए पनि क्याम्पस बचाई राख्न जरुरी छन ।

स्ववियू सचिव रोसन पराजुली भन्छन “क्याम्पस पुरै एमालेले कब्जा जमाएको छ । क्याम्पसमा भएका हरेक गतिविधीमा नेवि संघले विद्यार्थीका लागि बुलन्द आवाज उठाएको छ । यो क्याम्पसमा प्रतिपक्षका लागि भए पनि नेवि संघले जित्नै पर्ने अवस्था रहेको छ । यदि एमालेकै भात्रि संगठन अनेरास्ववीयु जिते क्याम्पसको केहि गति विधी थाहा हुन्न” । हामीले क्याम्पसले विद्यार्थीको हित विपरीत गरेका निर्णनयमा आवाज उठाएका छौ । विद्यार्थीका लागि खेलकुद, पुस्तक, लाइबेरी, शुल्क वृद्धी, भ्रमण, छात्र वृद्धी जस्ता कार्यक्रम गर्न क्याम्पसलाई दवाब दिएका छौ सचिव पराजुलीले बताए ।

७३ सालमा पथरी बहुमुखीमा स्ववियू चुनाव जिताएको नेवि संघले २०७४ को संघिय चुनावमा नं. ३ क प्रदेश सभामा काग्रेसलाई विजयी गराएको थियो । त्यस्तै २०७९ को संघिय चुनावमा काग्रेसका उमेद्धार माननिय डा. सुनिल कुमार शर्माले एकालेका भानुभत्त ढकाललाई भारि मतले पराजित गरेका थिए भने प्रदेश सभामा एमालेका पथरी शनिश्चरे नगरका तत्कालिन नगर प्रमुख दिलिप कुमार राईलाई काग्रेसका मान बहादुर लिम्बुले पराजित गरेको थिए । पछिल्लो तथ्याङकलाई हेर्ने हो भने  पथरी शनिश्चरे नगरमा नेकपा एमाले कम्जोर र नेपाली काग्रेस केहि बलियो हुदै गएको देखिन्छ ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107